समाचार

हिन्दु राष्ट्रको माग गर्दै नेपालगञ्जमा मोटरसाइकल र्याली 

हिन्दु राष्ट्रको माग गर्दै नेपालगञ्जमा मोटरसाइकल र्याली 

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै नेपालगञ्जमा हिन्दु राष्ट्रवादीहरुले मोटरसाइकल र्याली निकालेका छन् ।

‘राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता नारा लगाउँदै ठूलो संख्यामा मोटरसाइकलमा रहेकाहरुले नेपालगञ्ज बजार परिक्रमा गरेका थिए ।

नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको र्याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक, वीपीचोक, गणेशमानचोक, त्रिभुवनचोक हुँदै बागेश्वरी मन्दिर भएर र्याली वीरेन्द्रचोकमा आएर कोण सभा गरिएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपाका नेता डा. धवलशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्था फिर्ता ल्याउनका लागि बलिदानी दिन तयार रहनु पर्ने बताए ।

गुमेको शक्ति फिर्ता ल्याउन यतिले मात्रै नहुने भन्दै उनले सबै जना बलिदानी दिन तयार रहनु पर्ने वताए ।