समाचार

गोरखा र मनाङ जाँदै श्रृंगला

गोरखा र मनाङ जाँदै श्रृंगला

नेपालको दुई दिने औपचारीक भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला आज गोरखा र मनाङ पुग्दैछन्।

मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घााटन र गोरखामा भारतीय सहयोगमा बनेका घरहरुको अवलोकन गर्नेछन् ।

परराष्ट्र सचिवको निमन्त्रणमा बिहीबार नेपाल आएका श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग पनि बिहीबारै भेट गरिसकेका छन्।
उनी शुक्रबारै स्वदेश फर्किने कार्यक्रम छ।