समाचार विदेश

मुम्बई आक्रमणको आगोमा घ्यु थप्‍दै पाकिस्तान

मुम्बई आक्रमणको आगोमा घ्यु थप्‍दै पाकिस्तान

 

इस्लामावाद । पाकिस्तानले सन् २००८ को मुम्बई आक्रमणको आगोमा घ्यु थप्‍ने काम भइरहेको छ । सन् २००८ को नोभेम्बर २६ मा पाकिस्तानमा रहेको आतंकवादी समूह एलईटीले मुम्बईका विभिन्‍न स्थानमा गरेको आक्रमणमा १७० जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए । 

संयुक्त राष्ट्र संघनले हाफिज साहिदलाई आतंककारीको सूचीमा राख्‍नुका साथै जमात-उड-दावालाई प्रतिबन्ध गरेको थियो । तर, मुम्बई आक्रमणको १२ वर्षपछि पाकिस्तानले आक्रमणको आगोमा घ्यु थप्‍ने काम गरेको छ । 

विभिन्‍न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले पाकिस्तानलाई आतंककारी समूहलाई कारबाही गर्नुपर्ने माग गरिरहेको भए पनि पाकिस्तानले भने ती आतंककारी समूहलाई संरक्षण दिइरहेको छ । 

मुम्बई आक्रमणको १२ वर्षपछि आक्रमणमा मारिएका १० जना आतंककारीहरुको सम्झनामा विशेष प्रार्थना आयोजना गरिएको गुप्तचरको स्रोतलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । 

जेयुडी लस्कर ई तैयबाको राजनीतिक मोर्चा हो । जुन सन् २००८ को मुम्बई नरसंहारको मुख्य योजनाकार हो ।