समाचार

परराष्ट्र सचिव पौडेल र श्रृंगला विच वान अन वान वार्ता

परराष्ट्र सचिव पौडेल र श्रृंगला विच वान अन वान वार्ता

परराष्ट्र सचिव भरतराज पौडेल र नेपाल भ्रमणमा रहेको भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला विच वान अन वान वार्ता भएको छ।

त्यस लगत्तै परराष्ट्र सचिवस्तरीय दुईपक्षीय वार्ता भएको थियो । वार्तापछि श्रृंगलाले छलफलको राम्रो शुरुवात वताए । दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको उनको भनाई छ । 

वार्ता एकदमै उपलब्धीमूलक भएका र वार्ताका एजेण्डाहरु एकदमै वृहत भएको उनले वताए । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको श्रृंगलाले वताए ।

बैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीट मार्फत दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको जनाएको छ ।

भारतीय दूतावासले भने दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेको जनाएको छ । आपसी सहकार्यलाई अगाडि बढाउन थप कदमहरू चाल्ने सहमति पनि भएको दूतावासले जनाएको छ ।