समाचार राजनीति

देउवालाई ओलीको प्रस्ताव – मिलेर सरकार चलाउँ

देउवालाई ओलीको प्रस्ताव – मिलेर सरकार चलाउँ

सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर सरकार चलाउन प्रस्ताव गरेका छन् ।

आईतवार बालुवाटारमा भएको भेटवार्तामा देउवालाई ओलीले यस्तो प्रस्ताव गरेका हुन् । संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफल गर्न भनेर ओलीले देउवासँग सत्ता साझेदारीको विषयमा कुरा गरेको बताइएको छ।

संवैधानिक रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न भनेर सभापतिसहितका केही नेतालाई वोलईएपनि सत्ता साझेदारीको कुरा भएको कांग्रेस श्रोतले जनाएको छ । ‘उहाँले त अब मिलेर सरकार बनाउँ के गर्नु पर्छ म तयार छु भन्नुभयो’–स्रोतले भन्यो ।

तीन बजे बालुवाटार छिरेका देउवा डेढ घण्टापछि मात्रै बाहिरिएका थिए। डेढ घण्टाको भेटवार्तामा २५ मिनेट समय ओली र देउवा ‘वान टु वान’ छलफल भएको थियो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री ओलीविरुद्ध भ्रष्टाचारलगायतका आरोपसहित राजनीतिक प्रतिवेदन पेश गरेसँगै विवाद चर्किरहेको छ। यता, ओलीले पनि मंसिर १३ गतेसम्मको लागि प्रचण्डको प्रतिवेदनको जवाफ दिनको लागि समय मागेका छन्।

मंसिर ३ गते सचिवालय बैठक बसेर १३ गतेसम्मका लागि ओलीकै आग्रहमा बैठक सारे पनि दुई अध्यक्षबीच कुनै समझदारी बन्ने संकेत छैन।