समाचार अर्थ

हुण्डाईको गाडी चढ्नुहुन्छ ? कोरोनाले बाँचेको ज्यान लिइदेला नि !

हुण्डाईको गाडी चढ्नुहुन्छ ? कोरोनाले बाँचेको ज्यान लिइदेला नि !

६ असोज ०७६ मा नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा बा २१ च ६४०९ नम्बरको कार लु १ ख ८५३२ नम्बरको ट्रकसँग ठोक्किदा कारमा सवार ५ जनाले ज्यान गुमाए ।
 
नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थानका हीरा राना र कैलालीको धनगढी–११ का सुरज रानामगरको तत्कालै ज्यान गयो । दुर्घनामा परेको ट्रक त केहि भएन तर, हुण्डाईको ‘ग्रेण्ड आई टेन’ कार भने धुजा–धुजा अवस्थामा पुग्यो। 

यो मात्र होईन, हुण्डाईका प्राय सवै कारमा यस्तै समस्या छ। हुण्डाईका कार उत्पादन गर्दा नै सुरक्षामा भन्दा सुविधामा ध्यान दिईएको छ । सहज उपलब्धताका लागि सस्तोमा निर्माण गरिएका कारण यि कारमा दुर्घटनाको जोखिम वढि छ । कारमा कमसल प्लास्टिक प्रयोग गरिएको छ। जसका कारण गाडि एकदमै हलुका छ। हलुका भएकै कारण कारको स्थिरता छैन।

जानकारहरुका अनुसार भारतमा दुई चक्के सवारी चलाई रहेका र चारचक्के गाडिको आवश्यक्ता भएर पनि आर्थिक अभावका कारण खरिद गर्न नसकेका नागरिकलाई सहज रुपमा चारचक्के गाडि उपलब्ध गराउने उदेश्यले हुण्डाईका कार उत्पादन भएका हुन। अर्कोतर्फ भारतमा उत्पादन हुने कारमा सुरक्षाका मापदण्ड पनि वनाईएको छैन। जसका कारण नाफा र सहजताका लागि उत्पादन गरिएका कारण यस्ता कारको दुर्घट्ना दर वढि छ।

तर, नेपालमा सहज रुपमा भित्रिने तिनै कार वाइफाइ, म्युजिक प्लेयर, भिडियो प्लेयरलगायतका सुविधा देखाएर महंगोमा वेच्ने गरिएको छ । सुरक्षाका विषय क्रेता, विक्रेता र राज्य कसैको पनि प्राथमिक्तामा परेको छैन । फलतः सिमित फाईदाका लागि विक्रेताले देखाउने डिजिटल प्रविधि र गाना–वजानाका फिचरका भरमा खरिद भएका सवारी साधन दुर्घटनामा पर्ने तथा त्यसको दोस चाहि सडक र चालकलाई दिएर जिम्मेवारीवाट पन्छिने प्रवृत्तिको विकास भएको छ ।

हुण्डाईका कारमा विक्रेताले २० प्रतिशतभन्दा वढि फाईदा राख्ने गरेको जानकारहरु वताउँछन् । तर, कारमा मूल्य अनुसारको भ्यालु भने पाईदैन । हुन त सिमित फाईदाका लागि हुने गरेका यस्ता गतिविधि सरकारले नियन्त्रण नै गर्न नसक्ने भन्ने होइन। उपलब्ध कानुनी प्रावधानलाई कार्यान्वयनमा ल्याउने हो भने यस्ता कालोवजारी र नाफाखोरी नियन्त्रण गर्न सकिन्छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६ मा कमसल माललाई असल माल हो भनी वा एक माल वस्तुलाई अर्को माल वस्तु हो भन्ने भान पारी वा कुनै माल वस्तुमा सो माल वस्तुको स्तर घट्ने गरी मिसावट गरी सो कुरा नबताई कसैले बिक्री वितरण गरेमा निजलाई नौ महिनासम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने ब्यवस्था छ ।

तर, भएका कानुनी प्रावधान समेत कार्यान्वयनमा नआउँदा नाफाखोरी, कालोवजारी र दुर्घटनाका सिलसिला वढिरहेको जानकारहरु वताउँछन् ।
 

विशेष