समाचार

नर्भिकको लापरवाहीले राजेन्द्र खड्गीको रिपोर्टमा एचआइभि पोजेटिभ !

नर्भिकको लापरवाहीले राजेन्द्र खड्गीको रिपोर्टमा एचआइभि पोजेटिभ !

काठमाण्डौं स्थित नर्भिक अस्पतालको लापर्वाहीका कारण कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई एचआईभी एड्स देखिएको छ। उनले आफैले एउटा भिडियो मार्फत लापर्वाहीले आफुलाई एचआईभी देखिएको जानकारी दिएका हुन् ।

यो कुरा एउटा प्य्रांक भिडियो मार्फत सार्वजनिक भएको हो । उनले अस्पतालको लापर्वाहीले अरुकै रिपोर्ट आफनो नाममा समावेश गरिएका कारण त्यस्तो देखिएको पनि प्रष्ट्याएका छन् । तर, पछि एचआईभी नेगेटिभ रिपोर्ट पाएको उनले जनाएका छन् । भिडियोमा यो घट्ना कहिलेको हो भन्ने खुलेको छैन।

१८ दिनअघि (नोभेम्वर १, २०२० मा) नेपाली प्य्रांक मिनिस्टर नामक युट्युव च्यानलमा खड्गीको भिडियो सार्वजनिक भएको छ । भिडियोमा ट्याटु वनाईरहेका खड्गीलाई प्य्रांक गरिएको छ । ट्याटु वनाउँदा सिरिन्जको गलत प्रयोगले आफनो भाईलाई एचआईभि भएको भन्दै युट्युवरले त्यसको क्षतीपुर्ति ट्याटु वनाउनेले भर्नु पर्ने वताउँछन् ।

त्यसै समयमा खड्गीले युट्युवरलाई एउटा मात्र अस्पतालको एउटा मात्रै रिपोर्टमा भरोसा नगर्न सल्लाह दिन्छन् । एउटा रिपोर्टका आधारमा एचआईभी भएको निस्कर्षमा नपुग्न सुझाउँदै उनले अस्पतालको रिपोर्ट गलत पनि हुने गरेको पुष्टि गर्न आफनै उदाहरण प्रस्तुत गरेका छन् ।

‘नर्भिकमा चेक गर्दा मेरो पनि रिपोर्ट एचआइभी पोजेटिभ आयो। हामी कलाकार मान्छे धेरै केटीहरुसँग खेल्छौ’ उनले भनेको छन्–‘मेरो परिवार खतम हुने भो भन्ने लाग्यो । पहिला त मेरो मिसेज नै जाने भो भन्ने भयो ।’

पछि फेरी चेक गर्न जाँदा भने रिपोर्ट नै गलत परेको भेटिएको उनले वताउँछन् । ‘म फेरी चेक गर्न गए। पहिला कस्ले चेक गरेको थियो, तिनीहरु भागे। शिव दाई, श्रीकृष्ण म सँगै गएका थियौं’ उनले भनेका छन्–‘अस्पतालका कर्मचारीले नै मिस्टेक गरेका रहेछन्, अरुको रिपोर्ट मेरो नाममा परेको रहेछ ।’ उक्त भिडियो वुधवारसम्म ७ लाख २८ हजारले हेरेका छन् ।

खड्गी नेपालमा नाम चलेका द्वन्द्व निर्देशक हुन। उनले पाँच सयभन्दा बढी चलचित्रको द्वन्द्व निर्देशन गरेका छन् । प्रारम्भमा गोपाल भुटानीको सहायक भएर उनी नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

राजेन्द्र खड्गीको प्य्रांक भिडियो हेर्न तल क्लिक गर्नुहोस।