समाचार

चीनको सद्भावमा नेकपा नफुट्ने, म्याडम एम्बेसडरको यस्तो छ सन्देश

चीनको सद्भावमा नेकपा नफुट्ने, म्याडम एम्बेसडरको यस्तो छ सन्देश

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि चिनियाँ राजदुत होउ यान्छी भेटघाटमा ब्यस्त हुन थालेकी छिन् । गत वैशाखमा पनि नेकपालाई फुटवाट वचाउन उनले नै भुमिका खेलेको वताईन्छ ।

यस पटक पनि उनले पार्टी फुट्न नदिन भुमिका खेलीरहेकी छिन् । उनले भेटघाटका क्रममा सवै नेतालाई पार्टी नफुटाउन आग्रह गर्ने गरेकी छिन् । पछिल्लो पटक मंगलवार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको भेटघाटमा पनि उनले जुनसकुै अवस्थामा पार्टीलाई फुटवाट जोगाउन आग्रह गरेको वताईन्छ ।

राजदुत होउ यान्छीले हालसम्म भेट गरेका सवै नेतासँग पार्टी फुटाउन नहुने एउटै सन्देश दिने गरेकी छिन्। उनको यो सकृयताले तत्कालका लागि नेकपा फुटवाट जोगिने सम्भावना वढेको श्रोतको दावी छ ।

अर्कोतर्फ नेकपा फुटाउने विषयमा हालसम्म कुनै पक्षको पनि चासो देखिएको छैन । पार्टी फुटाउन सांसद किनबेच गर्नु पर्ने र त्यसका लागि कसैले नि प्रायोजन गर्न चासो नदेखाएकाले पनि नेकपा  फुटवाट जोगिने सम्भावना वढेको श्रोतको दावी छ।

यसैगरी, अध्यक्ष ओलीको सम्वन्ध भारत, चीन र अमेरिका कसैसँग पनि पुर्ण सुद्रिढ हुन सकेको छैन। उनी सम्वन्ध सुधार गर्ने र सवैलाई खुशी पार्ने कसरत गरिरहेका छन। तर, सबैको चासो बिरोधाभाषपुर्ण छ। त्यसैले ओलीलाई कसैले पनि पत्याउन नसकेको विश्लेषकहरु वताउँछन् ।

भारतले ओलीलाइै कम्तिमा अरु ६ महिना सत्तामा राख्न चाहान्छ। भारतले ओली कार्यकालमै धेरै समझौताहरु गर्न तयारी गरिरहेको छ । श्रोतका अनुसार सरकार परिवर्तन भए प्रचण्ड सत्तामा आउने र नयाँ सरकारसँग नयाँ सिरावाट गृहकार्य गर्नु पर्ने भएकाले भारत ओलीको निरन्तरता चाहान्छ। 

यस्तै, सत्ता प्रचण्डको पोल्टामा गए चाईना हावी हुनेमा भारत सशंकित छ । प्रचण्ड प्रधानमन्त्री हुनासाथ नेपाल चाईनाको पोल्टामा पुग्ने भारतको बुझाइ छ। नेता जो सुकै भएपनि चिनले नेपालको कम्युनिष्टसँग सहकार्य गर्ने वताए पनि चिनको खास मान्छे प्रचण्ड नै भएको वुझाईका कारण पनि भारतले ओलीको निरन्तरता चाहेको छ। 

ओलीको तुलानामा चीनको सम्वन्ध प्रचण्डसँग राम्रो छ । यसलाई पुष्टि गर्ने गरी प्रचण्डले वुधवार ११ औं विश्व समाजवाद फोरम र ‘विश्व समाजवाद पहेलो पुस्तक’ र ‘विश्व समाजवाद श्रृंखला’ को पुस्तक बिमोचन कार्यक्रमलाई सम्वोधन गरेका छन् ।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान, विश्व समाजवाद अनुसन्धान केन्द्र, मार्क्स्वाद एकेडेमी तथा सि जिनपिङको नयाँ युगको लागि चिनियाँ चरित्रहरूको साथ समाजवादमा आधारित अध्धयन केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रचण्ड नै प्रमुख अतिथि थिए ।

१० देशका नेता र शिक्षाविद्हरूको सहभागिता रहेको कार्यक्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीले महासचिव शी जिनपिङको कुशल नेतृत्वमा चल्दै आएको समाजवादलाई आफ्नै चरित्रका साथ प्रवद्र्धन गर्ने कदमको सराहना गरेका थिए।