समाचार अपराध सुरक्षा

क्रुर वावु : छुरा हानेर आफनै छोराको हत्या

क्रुर वावु : छुरा हानेर आफनै छोराको हत्या

रुपन्देहीको तिलोत्तमामा मादक पदार्थ सेवन गरेका एक ब्यक्तिले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन् । 

तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट छोरा १९ वर्षीय पदमबहादुरको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका शेरवहादुरले आमालाई जथाभावी गालि गर्न थालेपछि मदमले प्रतिवाद गरेका थिए । 

सोहि क्रममा आक्रमक शेरबहादुरले छोरालाई चक्कु प्रहार गरेका थिए । पदमबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शेरबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको र अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले बताए ।