समाचार अर्थ

मोरङ ब्यापार संघका अध्यक्ष नै कालोबजारी

मोरङ ब्यापार संघका अध्यक्ष नै कालोबजारी

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्धडाद्वारा विराटनगरमा सञ्चालित सेन्ट्रल मलले नै कालोवजारी गरेको पाईएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले वुधवार अनुगमन गर्दा खरीद मूल्य भन्दा दोब्बर बढि मुनाफा राखेर सामान बिक्री गरेको पाईएको छ । वढि मुनाफा राखेर सामान विक्रि गरेरको पाईएपछि कार्यालयले मललाई दुई लाख जरीवाना पनि गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ (१) ख बमोजिक उक्त जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए।

मलले छुटसहितको बम्पर योजना रहेको भन्दै प्रचार गरेर उपभोक्तालाई ठगि गरेको कार्यालयले जनाएको छ । ‘भाईमसला काजुमा १११ प्रतिशत मुनाफा राखि विक्री वितरणको गरेको पाईयो’ पोखरेलले भने–‘कानून अनुसार खरीद मूल्यको २० प्रतिशतभन्दा बढि लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो ।’

काजु बजारबाट १ हजार १६५ प्रतिकेजी खरिद गरी रु २ हजार २५० प्रतिकेजी बिक्री वितरण गरेको फेला परेको उनले जानकारी दिए । मलमा चर्को मूल्य लिएर सामान विक्रि वितरण भईरहेको गुनासोकै आधारमा अनुगमन गरिएको थियो ।

संघका अध्यक्ष तथा मलका संचालक प्रकाश मुन्धडाले भने त्यो विषयमा आफुलाई जानकारी नै नभएको वताए ।