समाचार

नेकपा फुटको संघारमा पुगेपछि चाईनीज खुफियाहरू सक्रिय, बामदेव र विष्णु पौडेलको घरमा दौडधुप

नेकपा फुटको संघारमा पुगेपछि चाईनीज खुफियाहरू सक्रिय, बामदेव र विष्णु पौडेलको घरमा दौडधुप

नेकपा फुटने संघारमा पुगेपछि काठमाण्डौंमा फेरी चाइनिज खुफिया/सुराकीहरुको सकृयता वढेको छ ।

चाईनिज दुतावास र केहि सुराकीहरु नेकपाका नेताहरुको निवासमा धाउन थालेका छन् । आईतवार मात्रै केहि ब्यक्ति नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निवासमा पुगेको श्रोतले जनाएको छ ।

शनिवार भएको ओली प्रचण्ड भेटपछि सार्वजनिक भएका तिक्ततापुर्ण अभिब्यक्ति र अर्थमन्त्री पौडेलले सामाजिक संजालमा सार्वजनिक गरेको आसयलाई लिएर नेकपा फुटको संघरमा पुगेको आँकलन गरिएको छ। सोहि आँकलनपछि चाईनाको सकृयता एकाएक वढेको जानकारहरु वचाउँछन् ।

यसअघि पनि नेकपाको अप्ठ्यारो अवस्थामा प्रचण्ड र ओलीलाई मिलाउन चाईनिज दुतावासले नै महत्वपुर्ण रोल गरेको वुझाई छ ।

यता प्रधानमन्त्रीले समेत अव प्रचण्डसँग सँगै वस्न नसकिने अभिब्यक्ति दिन थालेका छन् । ओलीले आफना विस्वास पात्रहरुसँगको कुराकानीमा दाहालसँग सँगै अघि वढ्न नसकिने वताउँन थालेको श्रोतको दावी छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहालले पनि आईवतार आफनै निवास खुमलटारमा आयोजित सचिवालय सदस्यहरुको भेलालाई सम्वोधन गर्दै पार्टी गम्भिर संकटमा परेको वताएका थिए । प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको उनले बताए।

प्रधानमन्त्रीले अलग–अलग जाऊँ भन्न थाल्नुभएको उनले जानकारी गराएका थिए । प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भनेको दाहालले सुनाए । 

दुई अध्यक्षवीच आईतवार फोनमै तथानाम भएको पनि श्रोतले दावी गरेको छ । कुराकानीका क्रममा ‘तँ–तँ मँ–मँ’ कै तहमा झगडा भएकाले पार्टी गम्भिर संकटमा पुगेको आँकलन गरिएको छ।