समाचार स्वास्थ्य

कोरोना संक्रमण यसैगरी वढ्दै गए अस्पतालले भार थेग्न सक्दैनः स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण यसैगरी वढ्दै गए अस्पतालले भार थेग्न सक्दैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा संक्रमितको उपचार व्यवस्थापनमा थप चुनौती बढेको जनाएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोरोना प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले विशेषगरी काठमाडौं उपत्यकामा चुनौती भएको वताए ।

यस्तै अवस्था रहे अस्पतालले भार थेग्न नसक्ने उनले बताए । कतिपय अस्पतालमा बेडको अभाव हुँदै गइरहेकाले सवै सरकारी तथा निजी अस्पतालहरुले उपचारको व्यवस्था गर्न आवश्यक रहेको उनले वताए ।

संक्रमण तीव्र रुपमा बढ्दै जानुका कारण अस्वाभाविक रुपमा सार्वजनिक स्थानमा बढेको भिडभाड, नाक मुख छोपिने गरी मास्क नलगाउनु, एक अर्काबीच दुरी कायम नहुनु र हातको सफाईमा उचित ध्यान नपु¥याउनाले संक्रमण बढ्दै गएको मन्त्रालयले ठहर गरेको छ ।

दशैं तिहार जस्ता चाडपर्वसँगै किनमेल गर्नेको भीड हेर्दा तीव्र रुपमा फैलिएको कोरोनालाई बिर्सेको हो कि भन्ने लागेको गौतमले बताए ।
 

ADVERTISEMENT