समाचार अपराध सुरक्षा

सुस्त मनस्थितिकी वालिका वलात्कार गरेको आरोपमा २ जना पक्राउ

सुस्त मनस्थितिकी वालिका वलात्कार गरेको आरोपमा २ जना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिकाकी १८ वर्षिय सुस्त मनस्थितिकी वालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–३ का ३२ वर्षिय मो. अलाउद्धिन र वडा नं. १२ का २५ वर्षिय मो. मोदेबुललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले वुधवार त्रियुगा नगरपालिका–२ मथियाही वस्ने सुस्तमनस्थितिकी वालिकालाई वलात्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

स १ ह १५७६ नम्वरको अटोमा रहेकी वालिकालाई नियन्त्रणमा लिएर वलात्कार गर्ने दुवैका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।