समाचार अपराध सुरक्षा

कटुवा पेस्तोलसहित २ युवा पक्राउ

कटुवा पेस्तोलसहित २ युवा पक्राउ

सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बन्दिपुरको टोलीले कर्जन्हा नगरपालिका –२ का २२ वर्षिय डिम्पल यादवको साथबाट पेस्तोल वरामद गरेको थियो । स ७ प २५५३ नं.को मोटरसाईकलमा सवार यादवलाई चेकजाँच गर्ने क्रममा १ थान कटुवा पेस्तोल, १ थान गोली लागु औषध वरामद भएको थियो ।

उनले उक्त हतियार स्थानीय २२ वर्षिय प्रेमनाथ यादवसमेतको भएको वताएपछि दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।