समाचार

लुटपाटको आरोपमा हैदरावादवाट ४ नेपाली पक्राउ

लुटपाटको आरोपमा हैदरावादवाट ४ नेपाली पक्राउ

लुटपाटको आरोपमा भारतको हैदरावादमा ४ नेपाली पक्राउ परेका छन् । १ महिलासहित रहेका उनीहरुले एक व्यापारीको घरमा लुटपाट गरेको प्रहरीको आरोप छ।

उनीहरुलाई दुई दिनअघि नेपाल फर्कदै गर्दा उत्तर प्रदेशको लखनउ रेलवे स्टेसनबाट पक्राउ गरिएको हो । उनीहरुलाई लखनउबाट हैदरावाद लगिएको छ । उनीहरुमध्ये दुई जना सोहि घरका कामदार हुन। 

उनीहरुले १९ अक्टोबरमा लुटपाट गरेर भागेको र पक्राउ परेपछि साथबाट १७ लाख रुपयाँ जफत भएको स्थानीय प्रहरीलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीका अनुसार उनीहरुले १८ तोला सुन र ४० तोला चाँदी र १० लाख रुपयाँ लुटेका थिए ।