समाचार

एकै परिवारका दुई वालक मृत भेटिए

एकै परिवारका दुई वालक मृत भेटिए

सिरहाको नरहा गाउँपालिका–३ खोरियामा एकै परिवारका दुई बालक मृत अवस्थामा फेला परेका छन्।

गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिव १ किलोमिटरको दुरीमा फेला परेको हो । उनीहरुको शव घरवाट पश्चिमतर्फ पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुवै वालक दिउँसो ३ बजेदेखि घरवाट हराएका थिए । खोजतलास गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।

माछा मार्ने वा नुहाउन पाखरीमा पसेका वेला डुवेर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुन्सधान भइरहेको डिएसपी जयसवालले वताए।