समाचार भिडियो

आशिर्वाद थाप्न म पनि जान्न, मेरो घरमा पनि कोहि नआओस् : विश्लेषक केसी (भिडियोसहित)

आशिर्वाद थाप्न म पनि जान्न, मेरो घरमा पनि कोहि नआओस् : विश्लेषक केसी (भिडियोसहित)

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले चाडवाडका नाममा भित्रिएका विकृतिप्रति चित्त दुखाई गरेका छन् । दशैं, तिहार, तिज, विवाह, व्रतवन्धलगायतका सवै चाडवाडमा विकृती भित्रिएपछि निरस भएको उनको अनुभव छ । 

‘नेपालीहरुको चाडवाड मनाउने विधिनै गतल छ। अहिले कुनै पनि चाडवाडमा रमाईलो पक्ष छैन’ उनले भने–‘कसैले यसलाई पैसा र खानदानमा तौलेका छन्, कसैले लेनदेनमा। कसैले पिरोचिल्लो, आवश्यक्ता भन्दा वढि मासु खोने, होहल्ला गर्ने विषयका रुपमा लिएका छन् । यसमा कहाँनेर छ रमाईलो ।’

अंगप्रदर्शन, फेसन र सानसौकत प्रदर्शन गर्ने अवसरका रुपमा चाडवाडलाई उपयोग गर्न थालेपछि रमाईलो पक्ष गौण भएको उनको वुझाई छ । ‘१० धार्नीको खसी काट्यो, सिनो वनायो। पगितो खायो, छाद्यो छेरयो’ उनले भने–‘यसलाई शिष्ट ढंगले मनाऔं। चाडलाई चाडको रुपमा मनाऔं ।’ ऋण काढेर र आर्थिक वोझ हुने गरी चाडवाड नमनाउँन पनि उनले सुझाव दिएका छन्। 

वढि खाने, होल्ला गर्ने, वाजागाजा वजाउने, हत्याहिंसा गर्ने, टिकाको नाममा घर–घर चाहार्ने लगायत प्रवृत्तिले आफुलाई नेपाली चाडवाट पहिलै देखि मन पर्न छोडेको वताएका उनले भने–‘मलाई कस्तो निरस मान्छे भन्थे। तर अहिले अवस्था त्यहिँ आईपुग्यो। यो चाडवाड नै होईन।’

म पनि जान्न, मेरो घरमा पनि कोहि नआओस्

चाडप्रेमीहरुलाई भने कोरोना संक्रमणले निराजनक वनाएकाले निरास नवन्न उनले आग्रह गरे । ‘हामी जहाँ छौ, जसरी छौं त्यसरी नै दशैं मनाऔं।’ उनले भने–‘मुभमेन्ट नगरौं। यसमै सवैको कल्याण छ।’

उनले टिका र आशिर्वाद थाप्न आफनो घरमा कसैलाई पनि नआउन आग्रह गरेका छन् । ‘म पनि जान्न, मेरो घरमा कोहि नआओस’ उनले भने –‘यो दशैंमा फोनवाट आशिर्वाद लिने, फोनवाटै आशिर्वाद लिने।’

आफनो आर्थिक हैसियत र अहिलेको सन्दर्भमा कोरोनालाई मध्यनजर राखेर दशैं मनाउँन उनले सवैलाई आग्रह गरेका छन्। ‘भिडभडकावाट वचौ। घरैमै दशैं मनाउँ। अरु घोडा चढे भन्दैमा आफु धुरी नचढ्नु। घाँटि हेरी हाड निल्नु’ उनले भने–‘दशैं भन्दैमा ऋण गरेर मान्नु पर्छ भन्ने होईन, आफनो आर्थिक धरातल जे छ त्यो अनुसारको चाडवाडलाई ढाल्ने तिरि लागौं।’

घरमा पनि टिका लगाउने भन्दा पनि टाढैवाट मान्यजनलाई ढोन्न र आशिर्वाद लिन उनले आग्रह गरे । ‘टिको लगाउँने दुख पनि यस पटक नगरौ। किनभने त्यहि चै संक्रमणको खतरा भनिएको छ’ उनी भन्छन्–त्यहि ठाउँमा टिका लगाएको पर्सिपल्ट जरो आउन थाल्यो भने दशैंको केहि अर्थ भयो त ?’ त्यसैले अर्थपुर्ण र समय सापेक्ष दशैं मनाउँन उनले आग्रह गरे।

दक्षिणा अनुभवः १ आनादेखि १ सय रुपैयाँसम्म
डा. केसीले दशैंमा पैसाका लागि पनि टिका लगाउन जाने/आउने चलन वढेको भन्दै त्यस्ता मान्छेलाई भने यो दशैं निरस भएको वताए ।
आफुले भने हालसम्म सवैभन्दा कम १ आना र सवैभन्दा वढि १ सय रुपैयाँसम्म दक्षिणा पाएको उनले अनुभव सुनाए । ‘वाल्यकालमा (०२४ साल तिर) मैले मामा घरमा १ आना दक्षिणा पाएको थिए । अहिलेको एक हजार जति मुल्यको हो । सवैभन्दा थोरै त्यहि हो।’ उनले भने–‘सवैभन्दा धेरै १ सय भन्दा वढि पाएको छैन, अहिलेसम्म। खाममा हालेर दिने चलन आयो, खोलेर हेर्दा एक सयभन्दा हुँदैन ।’

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्।