समाचार

माइला लामा बादलु जेलमा, प्रचण्डकी नातिनी मायालु गितमा

माइला लामा बादलु जेलमा, प्रचण्डकी नातिनी मायालु गितमा

खोज्दछन मेरा यि आँखाहरु, ति साथीहरुलाई
जसको रगतले रंगियो धर्ती, ति महान यात्रीलाई

डोकोमा खाना वोकेर जंगल, ल्याउने ति आमालाई
झिकेर मुटु दिउँला झै मायाँ, गर्ने ति वावालाई
धसेर संगिन आँगानको डिलमा, गोलीले उडाए
वोरामा ज्यँदै हालेर कयौं, नदिमा वगाए

खोज्दछन मेरा यि आँखाहरु, ति साथीहरुलाई
जसको रगतले रंगियो धर्ती, ति महान यात्रीलाई ...


नेपाली जनता र सर्वहारा वर्गको पक्षमा गीत लेख्ने र गाउँदै हिड्ने जनवादी गायक माइला लामा यि र यस्तै गितका कारण अहिले जेलमा छन् । १० वर्षे माओवादी जनयुद्धका सहयोद्धाले नै उनलाई जेलसम्मको यात्रा गराए।

काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ घर भएका लामा नेपाली समाजको आमुल परिवर्तनका लागि माओवादीको अग्र मोर्चामा थिए। गित लेख्ने र तीनै गित गाएर नेपाली समाजमा परिवर्तनको आशा जगाए । दश बर्षको लडाइँ र नेताहरुको ज्यान बचाउन अहोरात्र खटिए । जनयुदद्धकै क्रममा गम्भीर घाइते भए। उपचार समेत नपाउँदा राम्ररी सुन्न नसक्ने र आँखा पनि कमै देख्ने समस्याले अहिले पनि उनी पीडित छन् ।

माईला लामा जस्ता हजारौँ नेपाली युवाले जटिल समयमा माओवादीका लागि भौतिक शारिरको आहुती दिए । गित गाएर जनतालाई माओवादी प्रति विस्वास जगाए । माओवादी नेताको सुरक्षा कवज भएर उनीहरुको सुरक्षा गरे। जव माओवादी शान्तिपुर्ण राजनितिमा फर्कियो तव नेताहरु सत्ता स्वार्थमा हराए । तर, जो सत्तामा हराउन सकेनन्, उनीहरुले हिजो जनतासँग गरेका वाचा सम्झिए। माईला लामा तिनै मध्येका एक थिए ।

माओवादी विभाजित भएपछि लामा सुरुमा मोहन वैद्यतिरै लागे। तर, वैद्य समूह पनि फुटेपछि उनी विप्लवमा पुगे। ०७६ साउन ४ गते मध्येराती उनी घरवाटै पक्राउ परे। जनयुद्धको समयमा माईला लामा रामवहादुर थापा ‘वादल’ का विश्वास पात्र थिए । तिनै वादल जव गृहमन्त्री वने अनि माईला लामालाई पक्राउ गर्न प्रहरी पठाए । उनी माथि प्रहरीले विभिन्न ठाउँमा वम विष्फोट गराएको आरोप लगाएको छ, गराए पनि होलान् । तर, उनी पक्राउ पर्नुको मुख्य कारण चाहि विप्लवलाई साथ दिनु नै थियो। उनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज थिए । हाल उनी नख्खु जेलमा छन्।

माईला लामा पक्राउ नपरुन पनि किन ? जुन वेलामा उनी र उनका गितको आवश्यक्ता थियो, त्यसवेला माओवादीले उनको दोहोन गर्यो । नेताहरुले उनको उपयोग गरे। जव माओवादी नेता सत्ताको ओरीपरि घुम्न थाले तव माईला जस्ताको औचित्य पनि सकियो। 
">

माओवादी नेता सत्तामा हराएका मात्र होईनन, हिजोका गित पनि विर्सिए। अव उनीहरु मायाँ पिरतीका गितमा रमाउँन थालेका छन् । एक समय थियो, माओवादी नेता/कार्यकर्ता मायाँ पिरतीका गित संगितलाई वुर्जुवा भन्थे। तर, गित संगीत र कलाको कुनै साँध सिमाना हुँदैन । यो त मानिसको जिवन शैली र भावनासँग गासिएको विषय हो। सिष्ट भाषा र समाज सुहाउँदा मायाँ पिरतीका गित पनि गित नै हुन भन्ने वुझन माओवादी कार्यकर्तालाई निकै समय लाग्यो ।

 

‘देर आए, दुरुस्त आए’ भनेझै अव भने माओवादी नेता/कार्यकर्ताले गित संगितको वास्तविक्त वुझन थालेको महसुस हुन थालेको छ ।त्यसैले होला हालै पुष्पकलम दाहाल (प्रचण्ड) की नातीनी एवं गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मायाले मलाई बोलायो’ बोलको यो गित जनयुद्धताका हुन्थ्यो भने वजारमा नआउन पनि सक्थ्यो। तर, समयले कोल्टे फेरेको छ, मायाँ पिरतीका गितलाई वुर्जुवा देख्ने पुस्ताको वोलवाला कमजोर भएर नै हुनुपर्छ स्मिताको गित दर्शक र श्रोता सामु पुगेको छ।

">

गितलाई दर्शक तथा श्रोतले अत्यन्तै मन पराएका छन। सुरीलो स्वर र सुन्दरताकी धनी स्मिताको यो गित अर्थपुर्ण पनि छ । बाल्यकालमा वसेको मायाँ वयस्क हुँदै जाँदा कसरी गाढा हुँदै जान्छ भन्ने कथा म्युजिक भिडियोमा देखाईएको छ ।

राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतमा स्मिताकै स्वर छ । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

युट्युव मार्फत सार्वजनिक भएको यो गित विहिवारसम्म लगभग ५ लाख २५ हजारले हेरीसकेका छन्।