समाचार

भारतीय जासुस प्रमुख अचानक किन आए नेपाल ?

भारतीय जासुस प्रमुख अचानक किन आए नेपाल ?

भारतको अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग (र) का प्रमुख सामन्त गोयल वुधवार दिउँसो अचानक काठमाण्डौ आएका छन् ।

भारतीय वायुसेनाको कलसाइन आईएफसि ४६२० विमानमार्फत नौ सदस्यीय टोलीसहित उनी काठमाडौं आएका हुन् । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको कार्तिक १८ गतेदेखि शुरु हुने नेपाल भ्रमणको तयारी चलिरहेका वेला आकस्मिक रुपमा गोयल नेपाल आएका हुन्।

कालापानी र लिम्पियाधुरा लगायतका विवादीत क्षेत्र र नेपालले जारी गरेको प्रशासनिक नक्साका कारण चिसिदै गरेको राजनैतिक सम्बन्ध सुधार्ने क्रममा गोयलको यो भ्रमण भएको जनाईएको छ ।

गोयलले प्रधानमन्त्री केपी ओलीलगायत उच्चपदस्थ ब्यक्तित्वहरुसँग महत्वपूर्ण भेटघाट गर्ने जनाईएको छ ।

उनी विहिवार साढे ९ बजे स्वदेश फर्कने कार्यक्रमण छ। गोयल गत वर्ष साउन ४ गते पनि नेपाल आएका थिए ।