समाचार

हाँस्य कलाकार शिवहरीलाई मातृ शोक

हाँस्य कलाकार शिवहरीलाई मातृ शोक

दशैंको मुखमा हास्य कलाकार शिवहरि पौडेलाई मातृशोक परेको छ। १ सय वर्षको उमेरमा उनकी आमाको आइतबार निधन भएको हो ।
हेटौँडा स्थित आफनै घरमा राती ११ बजे उनको निधन भएको कलाकार जितु नेपालले वतए । कलाकार पौडेलले आफु र परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै सामाजिक संजालमा माफी मागेका छन्।

‘दुखद खबर लेख्न बाध्य भएँ आमा। एउटा छोराले गर्ने कर्तव्य मैले गरे कि गरिन मलाई थाहा छैन आमा। १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभयो,अहिले आएर हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला, मैले संसारमा पाउने एउटा पवित्र माया घटाईदिनुभयो आमा। स्वर्गमा बास होस मेरी प्यारी आमा’– उनले फेसवुकमा लेखेका छन् ।