समाचार राजनीति

प्रचण्डले किन अस्विकार गरे वालुवाटरको निम्तो ?

प्रचण्डले किन अस्विकार गरे वालुवाटरको निम्तो ?

कर्णाली प्रदेश सरकारका विषयमा छलफलका प्रधानमन्त्री निवास वालुवाटरवाट आएको निम्तो नेकपाका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले अस्विकार गरेका छन् । कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले प्रचण्डलाई पनि शनिबार बालुवाटार बोलाएका थिए ।

तर, प्रचण्डले प्रधानमन्त्रीलाई ‘तपाई आफैं छलफल गर्नोस’ भन्दै निम्तो अस्विकार गरेको जनाईएको छ । सरकरमा देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा छन् । विहीबार र शुक्रबार उनीहरुले कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका थिए । तर, प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएका कारण विहीबार र शुक्रबार प्रचण्ड र वरिष्ठ नेता माधव नेपालल उनीहरुसँग छलफल गरेका थिए ।

कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायत तीनै गुटका नेताहरु प्रधानमन्त्री ओलीसँग भेटन पुगेका थिए ।

केपी ओली पक्षका नेता यामलाल कँडेलको अगुवाइमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि कर्णाली सरकार विवादमा फसेको हो ।
 

ADVERTISEMENT