समाचार

झारफुकमा लाग्दा कोरोना संक्रमित युवकको मृत्यु

झारफुकमा लाग्दा कोरोना संक्रमित युवकको मृत्यु

झारफुकमा लाग्दा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ का कोरोना संक्रमित युवकको मृत्यु भएको छ । २२ वर्षीय युवकको मृत्यु भएपछि मात्रै उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

बुधबार राति प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना भएका उनको उपचारकै क्रममा विहिवार राती मृत्यु भएको थियो । मृत्युु भएको करिब साढे २ घण्टापछि उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शौचालय जाँदा बेहोस भर लडेका युवकलाई परिवारका सदस्यले झारफुक गरेर ठिक पार्ने प्रयास गरेका थिए । त्यसपछि पनि अवस्थामा सुधार नआएपछि मात्रै वुधवार सुर्खेतको देउती अस्पतालमा भर्ना गरिएको थियो । देउती अस्पतालले उनलाई प्रदेश अस्पतालमा रेफर गरेको थियो ।

स्वासप्रस्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । सोहि क्रममा युवकको मृत्यु भएको र त्यसपछि रिपोर्ट पोजेटि देखिएको अस्पतालले जनाएको छ ।
 

ADVERTISEMENT