समाचार

नायिकाको अश्लील फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि...

नायिकाको अश्लील फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि...

स्थानिय तहको नाममा  फेसवुक पेज वनाएर नायिकाहरुको अश्लील फोटो र आपत्तिजनक सन्देशहरु पोष्ट गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अछामको ढकारी गाउँपालिकाको नाममा दुई वटा फेसबुक पेज बनाई असान्दर्भिक र अपाच्य स्टाटसहरु लेख्नुको साथै फोटो एडिट गरी ट्रोल बनाएर पोष्ट गरेको आरोपमा सोही गाउँपालिका–५ चैनपुरका किरण क्षेत्री भन्ने किरण बुढालाई प्रहरीले पक्राउ गरेको हो। 

बुढाले गाउँपालिकाको नाममा फेक अकाउन्ट तथा पेजहरु बनाई महिला कलाकार, व्यक्ति तथा निकायहरुका बारेमा यौनजन्य अश्लील एवं आपत्तिजनक पोष्ट गरेको, प्रतिक्रिया लेखेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले महिला कलाकारका फोटो आकृति बिगारेर ट्रोल बनाई पोष्ट गरेको अभियोगमा विद्युतीय कारोबार ऐनअनुसारको कसुरअन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गरेको प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोका सूचना अधिकारी एसएसपी नविन्द अर्यालले जानकारी दिए । 

ADVERTISEMENT