हाम्रो पात्रो विज्ञापन
समाचार राजनीति

संसदीय दलको बैठक स्थगित, प्रदेशकाे नाम र राजधानीमा जुटेन सहमति

संसदीय दलको बैठक स्थगित, प्रदेशकाे नाम र राजधानीमा जुटेन सहमति

हेटौंडा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलको बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीका विषयमा सहमति जुट्न नसकेपछि हेटौडामा बिहीबार बसेको बैठक विना निष्कर्ष  स्थगित भएकाे हाे।

बैठक मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवास हेटौँडामा बसेको थियो ।पार्टी संसदीय दलले राजधानी हेटाैँडा र नाम बाग्मती राख्न निर्देशन दिएपनि सांसदहरु त्यसमा सहमत देखिएका छैनन् ।

बिहीबारको बैठकमा मुख्यमन्त्री संसदीय दलका नेता डोरमणि पौडेल, उपनेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, मन्त्री, सांसद एवं नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज काशीनाथ अधिकारी, प्रदेशका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।अर्को बैठक शुक्रबार बिहान बस्ने बताइएको छ ।