बैंकिङ

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’

काठमाडौं । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे  बैंकले ‘माछापुच्छ्रे ग्राहकसेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उदेश्यका साथ माछापुच्छ्रे  बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआइपी पीबीएक्स मा आधरित आइ भी आर बैंकिङ्ग र अटो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नीच्यान लग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो ।

गाह्रकले बैंकको विभिन्न सामजिक संजाल मार्फत सिँधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्र्पक स्थापित गर्न सक्नेछन् ।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ ।

ग्राहक महानुभावहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सूचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतकाथुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

माछापुच्छ्रे  बैंक लि. पुर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुविधाप्रदान गरिरहेको छ ।