कभर स्टोरी

डा. केसीलाई किन भेटेनन प्रधानमन्त्री ओलीले ? ५ ठूला नेताको बानीव्यहोराबारे डा. केसीको टिप्पणी (भिडियोसहित) 

डा. केसीलाई किन भेटेनन प्रधानमन्त्री ओलीले ? ५ ठूला नेताको बानीव्यहोराबारे डा. केसीको टिप्पणी (भिडियोसहित) 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीलाई २० मिनेट कुराएर नभेटि पठाइदिएका छन् । डा. केसी आफ्नो पिएचडी पूरा गर्ने सम्बन्धमा ओलीको अन्तर्वार्ताका लागि ओली निवास पुगेका थिए ।

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ पूर्व प्रधानमन्त्रीका भित्री र गोप्य कुरा पर्दाफास गरेका छन् । उनले नेपाल आजसँगको अन्तर्वार्तामा गोप्य कुरा सार्वजनिक गरेका हुन् ।

डा केसीको भनाईमा प्रधानमन्त्री ओली समयप्रति कहिल्यै प्रतिबद्ध नभएका नेता हुन् । उनका अनुसार प्रचण्ड डायनामिक र चतुर नेता छन् भने शेरबहादुर देउवा स्वार्थी, पद, पैसा र प्रतिष्ठाका लागि जे पनि गर्ने स्वभावका नेता छन् । माधव नेपाल उनलाई सादगी नेता लाग्छ । नैतिकवान्, दायित्वबोध गर्ने, खरो र स्पष्टवक्ता नेपाल हुन् । उनी झलनाथ खनाललाई विरोधाभाषी र बोलीको ठेगान नभएको नेता सम्झन्छन् ।

डा. केसीले नेताहरुसँगको भेट र उनीहरुको स्वभावबारे खुलेर कुराकानी गरेका छन् ।