बैंकिङ

एनआईसी एशिया बैंककाे १० प्रतिशत क्यासव्याक अफर

एनआईसी एशिया बैंककाे १० प्रतिशत क्यासव्याक अफर

काठमाडौं - एनआईसी एशिया बैंकले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई नयाँ बर्ष २०२० को अवसरमा भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १५ सयसम्म क्यासव्याक प्रदान गर्ने भएको छ।

यो अफर ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० लागू हुने छ। अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५ सय तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोवार गरिएको हुनुपर्नेछ।

यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।