विचित्र विश्व

श्रीमतीको कुटाईबाट श्रीमानको खुट्टा भाँचियो

श्रीमतीको कुटाईबाट श्रीमानको खुट्टा भाँचियो

श्रीमान श्रीमतीका बिचमा सामान्य झगडा हुँदा श्रीमतीले श्रीमानको खुट्टा भाँचिदिएकी छिन। भारतकी एक महिला कराँते खेलाडीले रिसको आवेगमा श्रीमान खुट्टा नै भाँचिदिएकी हुन्। श्रीमतीको कुटाई खाएपछि श्रीमानले डरले पुलिसलाई बोलाएका थिए।   

उनले श्रीमतीले झगडाका क्रममा एउटा खुट्टा भाँचिदिएको र शरीरका बिभिन्न अंगमा प्रहार गर्दा रगत जमेको प्रहरीसँगको बयानमा बताएका छन् । घटनापछि उनका पिताले उनलाई ह्विल चियरको सहायतामा अस्पताल पुर्याएका थिए ।

यो भन्दा पहिला पनि उनलाई पत्नीले टाउकोमा पिटेका कारण उनको टाउकोमा धेरै चोट लागेको थियो । डेढ वर्ष अगाडि उनीहरुबीच मायाँ बसेको सन् २०१९ मा विवाह गरेका थिए ।

श्रीमतीको कुटाई