स्वास्थ्य

चितवनमा भेटिए १ सय ६ जना नयाँ एचआइभी संक्रमित

चितवनमा भेटिए १ सय ६ जना नयाँ एचआइभी संक्रमित

चितवन।  चितवनमा जिल्लाको विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ६ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।

भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६ सय ४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो ।

सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआइभी सङ्क्रमितलाई क्षयरोगबाट जोगाउन ७ सय २ जनालाई औषधि प्रदान गरिएको छ ।

गत वर्षमा ६ सङ्क्रमितले सुरक्षित बच्चा जन्माएका थिए । गत वर्ष १३ सङ्क्रमितले औषधि सेवन गर्न छाडेको उनले जानकारी दिए । जिल्लामा अहिले सङ्क्रमितको सङ्ख्या ९ सय ९१ पुगेको छ ।

एचआइभी संक्रमित
ADVERTISEMENT