कला साहित्य

पहिलो नजरमै मन परेकी उनी!

पहिलो नजरमै मन परेकी उनी!

स-सानो पानको अवरोधका बाबजुद पनि पाइला आफ्नो गन्तव्यतिर लम्किरहेको अबस्थामा म अचानक आँखा रोकिए केहि परतिर भएको एउटा सुन्दर हसिलो अनुहारले पानीको भन्दा बढी अवरोध खडा गरे जस्तै कता कता भान हुन थाल्यो। पानीसंगै खेलिरहेको ती युवतीलाई देखेर म हेरेको हेरै भए। मानौ त्यहाँ कुनै युवती होइन कुनै परि आएकी छ जसको मुहारले जो कोहिलाई पनि सजिलोसँग मोहनी लगाउन सक्छ। कलेज हिडेको मेरा पाइलाहरु केटीको तिर नै मोडिन्छ।

केही अगाडि बढ्ने क्रममा मलाई थाहा भयाे कि ति युवती पनि मै पढ्ने नै कलेज कि रहेछिन। म दिनहूँजसो उनकै बारेमा सोच्थे अनि एक्लै एक्लै मुस्कुराउथे। यो कुरा बिस्तारै एकान दुईकान मैदान हुँदै उनिसम्म पुगेछ। समय आफ्नो रफ्तारमा अगाडी बढिरहेको थियो ।मैले ती उनलाई हेर्न थालेको पनि एक महिनाभन्दा बढी भैसकेको थियो। म नोटिस गर्दै थिए उनि पनि मलाई लुकी लुकी हेर्न थालेकी थिइन्।  संयोग हो या अरु केहि। यसरी हाम्रा केहि दिन त हेराहेर र लाजलु मुस्कानमा नै बित्यो। एकदिन मैले उनीसँग बोल्ने निर्णय गरे, मैले गरेको हेल्लो र उसले फर्काएको हाईको एक लवजले मैले चाल पाए कि उनि पनि मसँग धेरैदिन देखि बोल्न इच्छुक रहिछन।

त्यसपछि त हाम्रो हेराहेर मात्र होइन बोलचाल नै सुरु भयो। जस्तो रुप त्यस्तै व्यवहार। अति मिजासिली उसो त उनि मेराे मन मुटुमा बसिसकेकी थिइन हरेक सास बनेर अनि मेराे हरेक सपना बनेर । हामी केहि नजिकन थाल्यौं सगै कलेज जाने आउने अनि अनि बिदाको दिन घुम्न जान्थेउ रमाइला -रमाइला कुराहरुले हाम्रो जिन्दगी नै भरपुर हुदै थियो । मानौ हाम्राे चाहाना नै त्यही थियो ।हासी खुसीसग दिनहरु बित्दै गइरहेका थिए ती बितेका दिनहरु भन्दा हामी अझै नजिक हुँदैगइ रहेका थियौं ।

र एक दिन भ्यालेन्टाइनकाे त्यो दिन मैले ती युवतीलाई प्रपोज गर्ने बारे सोचे र हिम्मत जुटाएर केटिलाइ प्रेम प्रस्ताव राखे।   सबैको अगाडि मैले प्रेम प्रस्ताव राखेकोमा केटि लाजले भुतुक्कै भइन् ।आफ्नो चकित भएको अनुहारलाई लाई खुसिले भरिपुर्ण बनाउदै मेराे प्रेम प्रस्ताव लाई स्वीकार गर्छिन र मनको कुनामा मलाइ ठाउँ दिएको संकेत गर्छिन।आफ्नो प्रेम प्रस्ताव स्वीकार भएकोमा म पनि कम खुसी हुदिन।खुसीले बाटोमा नै उफ्रिन थाल्छु,यो देखेर आफुलाइ जसोतसो सम्हालेकी उनि पनि बाटो छेउमै बसरे हासिरहेकी हुन्छिन।त्यो चाहाना थियो हामी दुबैको ।

हो हामी नजिक हुने र त्यो खुशीमा खुसी साटासाट गर्ने र एक अर्कामा हराउने यसरी हराउने कि ,यो दुनियाँ अनि यहाका दु ख पिडाबाट केही छिन भएनी टाढा जाने र आफू खुसी भएको अनुभव गर्ने हामी दुबै को भावना थियो ।थाहा थिएन हिजो सम्म हामीहरुलाइ एउटै बाटो अनि एउटै कलेज भए पनि हामी कति पराइ थियौं अनि आज कति नजिकै भयौं ।

अब हामीहरुले एक अर्कालाई अझै नजिक बाट चिन्न थाल्यौं कलेज जादा र आउदा नि साथमा हुन्थेउ ।मिठा मिठा कुराको साथमा अगालोमा बेरिन्थेउ अनि आफुले आफैलाइ नै भाग्यमानी भएको महसुस गर्दै एक अर्कालाइ हेर्दै खुसी हुन्थेउ ।यसरी समय सगै आफ्नो मित्रलाई लाई एक फरक अनि विश्वासिलो रुपमा आफुलाइ लैजाने क्रममा एक दिन मैले उसलाई लाइ फोन गर्छु तर फोन अर्कैले उठाउछ

को बोल्नु भाको हो ? अनि कसलाई खोज्नु भाको ? । मैले भने मैले उषालाई खोजेको,तपाईं को हुनुहुन्छ ? उता बाट आएको जवाफ पुरै सुन्न नपाउदै यो पृथ्वी नै घुमेजस्तै हुन्छ एक्कासी कुनै गह्रौ बस्तुले माथिबाट थिचे जस्तै गरि म पिडाले आतिन्छु र आफुलाइ सम्हान कोसिस गर्छु तर मेराे प्रयास बालुवामा पानी हाले जस्तै हुन्छ। घरीघरी म उसको बाइफ्रेन्ड हो त्यो फोन उठाउने केटाले बोलेको संवाद मात्रै याद आउँछ।

-सबिन लामिछाने 

 

#मायालु