समाचार

वडाध्यक्षसहित १६ जुवाडे पक्राउ

वडाध्यक्षसहित १६ जुवाडे पक्राउ

धनगढीः कैलालीमा नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ बाट गएराति जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको हो ।

 उनीहरुको साथबाट २२ लाख ८२ हजार बढी नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदीप गिरीले बताए । केही व्यक्ति पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्णविवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । 

कैलाली नेपाली काँग्रेस रविन्द्र शाही