समाचार

महोत्तरीमा पिकनिक मनाउन गएका यूवकमाथि गोली प्रहार

महोत्तरीमा पिकनिक मनाउन गएका यूवकमाथि गोली प्रहार

महोत्तरीः नयाँ बर्षमा पिकनिक मनाउन गएका महोत्तरी जलेश्वर नगरपालिका–५ विसनपुरका एक किशोरमाथि बुधवार साँझ गोली प्रहार भएको छ ।

भारतसँगको सीमा छेउ नजिकै साँझ ६ बजेको समयमा घटना भएको हो । गोली प्रहारबाट १४ वर्षीय अक्षय कापर गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कापरलाई पिकनिक मनाउन गएको बेला गोली प्रहार भएको घाइतेका परिवार सदस्यहरुले बताएका छन् ।

गोली कसले प्रहार गरेको हो खुल्नसकेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गोलीबाट गम्भीर घाइते कापरलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

महोत्तरी गोली प्रहार पिकनिक