देश

तस्करको पासोमा चितुवा फस्यो, उद्धारको प्रयास जारी 

तस्करको पासोमा चितुवा फस्यो, उद्धारको प्रयास जारी 

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ब्रह्मदेव तथा डिभिजन वन कार्यालय कञ्चनपुरको टोली उद्धारमा खटिएको छ ।

तस्करले थापेको पासो (धराप)मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ । भीमदत्त नगरपालिकाले चुरेको फेदमा छाडा गाईवस्तुका लागि निर्माण गरेको गौशालाको रेखदेखमा खटिएका कर्मचारीले चितुवा पासोमा परेको भेट्टाएपछि सोबारे सीमा प्रहरीचौकी ब्रह्मदेवलाई जानकारी गराएका थिए । लगत्तै सेना, प्रहरी र डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुगेको हो ।