हाम्रो पात्रो विज्ञापन
समाचार

भारतमा दुई हिरोइन अवैध यौनधन्दामा संलग्न, होटेलमा रंगेहात समातिए

भारतमा दुई हिरोइन अवैध यौनधन्दामा संलग्न, होटेलमा रंगेहात समातिए

काठमाडौँ । भारतको मुम्बइमा दुई अभिनेत्री होटेलमा अवैध यौनधन्दाका क्रममा समातिएका छन् । मुम्बईस्थित एक होटलमा अवैध यौनधन्दा चलाइरहेका दुई अभिनेत्रीलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

भारतको मुम्बईमा पुलिसले एक होटलमा छापा मारी २ अभिनेत्रीहरूलाई पक्राउ गरेको हो । यौन धन्दा चलाएको आरोपमा समातिएका ती अभिनेत्रीहरूले यौनजन्य भिडियो समेत बनाउने गरेको बताइएको भारतीय मिडिया आजतकले लेखेको छ ।

मुम्बई प्रहरीले २ विदेशी अभिनेत्री तथा १ भारतीय महिला अवैध यौनधन्दामा संलग्न रहेको जनाएको छ र उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथमा २ जना एजेन्टलाई समेत पक्राउ गरेको छ ।

पुलिसको नियन्त्रणमा रहेका ती महिलाहरूले एक रातमा लाखौं रुपियाँ अवैध यौन धन्दाबाट कमाइरहेको बयान दिएका छन् । 

ADVERTISEMENT