प्रतिपक्षीसंग प्रधानमन्त्रीले भने– इट्स ओके.....

प्रतिपक्षीसंग प्रधानमन्त्रीले भने–  इट्स  ओके.....

जगजाहेर छ– प्रधानमन्त्री १२ वर्षअघि भारतमा गरिएको मिर्गौला प्रत्यारोपणको समय घर्किएपछि अहिले नियमित डायलसिस गरिरहनु भएको छ । अत्यन्त जोश, जाँगर र पहिलेभन्दा फूर्तिका साथ बोल्ड निर्णय गरेर काम पनि गरिरहनुभएको छ । यही कुराको झल्को शुक्रबार र शनिबार लगातार दुई दिन सम्पन्न सत्ता र प्रमुख प्रतिपक्षीको बैठकमा ढुक्कसाथ जवाफ दिएर प्रस्तुत गर्नुभएको छ । 

शान्तिप्रक्रियाका बाँकी कामहरु टुंगो लगाउनुपर्ने उक्त छलफलमा प्रधानमन्त्रीको प्रस्तुतिकरण सुनेर विपक्षीहरु जिब्रो नै टोक्ने स्थितिमा पुगेका थिए । मिनेन्द्र रिजालले शुरुमै ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य कस्तो छ ?’ भनेर सोधे । प्रमले ‘इट्स ओके !’ भनेपछि मिनेन्द्रमात्र हैन, भएजति सबै झसंग भए । उहाँले भन्दै जानुभयो– ‘उही नियमित डायलासिस गरिरहनुपर्ने झन्झट मात्रै हो । ट्रान्सप्लान्ट भनेको त डोनरबाट ल्याएर ट्याक्क राख्ने मात्र न हो । द्याटस सिम्पल ।’

प्रमको यस्तो दृढ निश्चयी जवाफ सुनेपछि प्रतिपक्षीहरु चर्चा गर्दै थिए– ‘हाम्रोमा कुकुरले छ्यास्स चिथोर्दा पनि के के न बिते झैं कुदाकुद गरेर हस्पिटल गई रेबिजको खोप लगाउने र हप्तौं घरमै आराम गर्ने कुरा हुन्थ्यो । प्रधानमन्त्री अहिले त यस्ता छन भने अझ स्वस्थ हुन्थे भने कति जोश र जाँगरसाथ काम गर्थे होलान ?’

त्यहाँ मृगौला प्रत्यारोपण कहिले हुन्छ भनेर त सोधिएन तर, कामको फूर्ति हेर्दा प्रधानमन्त्री अड्किएर बसेका थुप्रै निर्णय यस्तै जाँगर, सहमति र सहकार्यका साथ सम्पन्न गर्ने मुडमा देखिनुभएको छ । जनआस्था ।

मिर्गौला प्रधानमन्त्री

संम्बधित खबर