हाम्रो पात्रो विज्ञापन
अर्थ

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य ५ सय रुपैँयाले घटेको छ। मंगलबार प्रतितोला ७५ हजार ३ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज ७४ हजार ८ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै छापावाल सुनको मूल्य पनि आज घटेको छ । मंगलबार प्रतितोला ७५ रुपैंयामा कारोबार भएको छापावाला सुन आज ७४ हजार ३ सय पुगेको छ। 

यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

 

 नेपाल सुनचाँदी व्यवसायी महासंघ
ADVERTISEMENT