अपराध सुरक्षा

बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार प्रयास

बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार प्रयास

बारा । बारामा बाख्रा चराउन गएकी युवतीमाथि बलात्कारको प्रयास भएको छ । युवतीमाथि बलात्कार प्रयासको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२० का १८ वर्षीय नैमुदिन अन्सारी, २५ वर्षी शेख जमिन आलम र १९ वर्षीय शेख समी अख्तर छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२० घर भएकी २१ वर्षीया युवतीमाथि बाख्रा चराउन गएको बेला बलात्कार प्रयास भएको हो । पक्राउ परेका ३ जनाले बाख्रा चराउन गएकी युवतीको मुख थुनेर उखु बारीमा लगेर बलात्कार गर्न खोजेपछि सँगै रहेका बालबालिकाहरुले होहल्ला गरेका थिए ।

बालबालिकाको होहल्ला सुनेर घटनास्थलमा पुगेका स्थानीय वीरेन्द्र प्रसाद चौरसियाले युवतीको उद्दार गरी प्रहरीलाई खबर गरेका थिए । 

ADVERTISEMENT