हाम्रो पात्रो विज्ञापन
समाचार

हास्य कलाकार माग्ने बूढालाई ५ सय जरिवाना

हास्य कलाकार माग्ने बूढालाई ५ सय जरिवाना

काठमाडौँ । हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सिट बेल्ट नलगाइ कार चलाएको उनलाई ट्राफिक प्रहरीले चिट काटेको हो । यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

बुधबार बिहान ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेका हुन् । कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । त्यसक्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको घिमिरेले बताए ।

उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन् ।

ADVERTISEMENT