अपराध सुरक्षा

धादिङमा झडप १ को मृत्यु अर्का एक गम्भीर घाइते

धादिङमा झडप १ को मृत्यु अर्का एक गम्भीर घाइते

धादिङ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन् । मंगलबार राती साढे ७ बजेतिर घटना भएको स्थानीयले जानकारी दिएका छन्।

झडपको क्रममा प्रेसर कुकर, फलामे ढुङग्रो र रडलगायतका वस्तु प्रहार गर्दा स्थानीय शान्त तामाङको घटनास्थलमै मृत्यु भएको हो । झडपमा परी गम्भीर घाइते भएका रविन तामाङलाइ जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि बुधबार दिउँसो १ बजे काठमाडौं पठाइएको हो ।

दार्खामा स्थानीय गुराँस युवा क्लबले फुटबल आयोजना गरेको थियो भने बुधबारको लागि फाइनल खेल तय भएको थियो । फुट‍बल खेलका खेलाडी र रेफ्रिबीच झडप भएको दार्खाबाट स्थानीयले जानकारी दिए। उनको काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।