राजनीति

सभामुखको गरिमा उच्च पार्न प्रयत्न गर्छु : सापकोटा

सभामुखको गरिमा उच्च पार्न प्रयत्न गर्छु : सापकोटा

काठमाडौँ । सभामुख पदका उम्मेदवार अग्निप्रसाद सापकोटाले सभामुखको ओज‚ गरिमा‚ मूल्य र मान्यतालाई अझ उच्च पार्न आफूले भगिरथ प्रयत्न गर्ने बताएका छन्।

सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले  ‘सार्वभौमसत्ता सम्पन्न जननिर्वाचित संस्थाको ओज‚ गरिमा र मूल्यमान्यतालाई अझ उच्च पार्न भगिरथ प्रयत्न गर्ने बताए ।’

उनले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्तावमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। समर्थकमा सांसदहरु देव गुरुङ‚ ‌ओनसरी घर्तीमगर र लक्ष्मणलाल कर्ण थिए।

प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ। सापकोटा सिन्धुपाल्चोक९१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।