प्रतिनिधि सभाले १२ गते सभामुख पाउने, अग्नि सापकोटा निश्चित

प्रतिनिधि सभाले १२ गते सभामुख पाउने, अग्नि सापकोटा निश्चित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सोमबार (आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने बारे दलहरुबीच सहमति भएको हो ।

समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले माघ १२ गते सभामुखको निर्वाचन गर्ने सहमति भएको बताए । उनले भने ‘सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ ।’

सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

सभामुखका लागि सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने आजै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छिन् । एकै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था रहेको छ ।

संम्बधित खबर