राजनीति

उपसभामुख तुम्बाहाम्फेले दिइन् राजीनामा 

उपसभामुख तुम्बाहाम्फेले दिइन् राजीनामा 

काठमाडौँ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् । सभामुख उम्मेदवार तय भएपछि राजीनामा दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि संसद् सचिवालयमा राजीनामा दिएकी हुन् ।

नेकपा सचिवालयबाट अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयपछि राजीनामा दिन बाध्य पारिएकी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन बाध्य भएकी हुन् ।

आजको बैठकको अध्यक्षता भने जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।