शेयर

नेप्सेमा साढे २६ अंकको गिरावट

नेप्सेमा साढे २६ अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने झण्डै साढे २६ अंकले ओरालो लागेको छ ।लगातार उकालो लाग्दै आएको बजार थामिएर सोमवार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमवार २६.५४ विन्दुले घटेर १ हजार ३१७.११ रुपैयाँमा पुगेको छ । 

सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै २ अर्ब रुपैयाँ बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९९३ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको २० करोड ९२ लाख ९५ हजार ९३६ रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भई शीर्षस्थानमा रह्यो । एनसीसी बैंक १३ करोड ३२ लाख १६ हजार ८१७ रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९ करोड ३० लाख २ हजार ११७ रुपैयाँ, प्रभू बैंक ६ करोड ७१ लाख ३८ हजार ३५२ रुपैयाँ, एनआईसी एशिया बैंक ५ करोड ९८ लाख ४८ हजार ९०२ रुपैयाँ, शिवम् सिमेन्ट ५ करोड ८० लाख ३० हजार ९५५ रुपैयाँ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी ५ करोड ४४ लाख ९५ हजार बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए ।

पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।