समाचार

रक्सी खाएर ‘ग्याङ फाइट’ गर्दा तीन घाइते, २ जनाको अवस्था गम्भीर

रक्सी खाएर ‘ग्याङ फाइट’ गर्दा तीन घाइते, २ जनाको अवस्था गम्भीर

विराटनगरः मोरङको धनपालनथान गाउँपालिका–४ हरकपुरमा शनिबार राति मादक पदार्थ सेवन (मापसे) पछि युवा बीचमा उत्पन्न विवाद हुँदा झगडा भएको छ । दोहोरो झगडामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच झगडा भएको हो । 

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार घटनामा विसुनदेव, बलराम र किसुन घाइते भएका छन् । घाइतेमध्ये विसुनदेव र बलरामको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ ।  

चिन्ताजनक अवस्थामा विराटनगरको न्युरो अस्पतालमा उपचाररत विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको र दुवैजनाको आइसीयूमा उपचार भइरहेको प्रहरी निरीक्षक दाहालले बताए । गोल्डेन अस्पतालमा उपचाररत किसुनको टाउकोमा सात टाँका लगाइएको भएपनि अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको प्रनि दाहालले बताए । 

प्रहरीका अनुसार कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा दुई युवाहरु हरिओम र धनीरामबीच विवाद सुरु भएको थियो ।  विवादले उग्ररुप लिएपछि दुबै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । 

विराटनगर मादक पदार्थ सेवन

विशेष