देश

एमसीसी अनुमोदन हुन्छ : मन्त्री बाँस्कोटा

एमसीसी अनुमोदन हुन्छ : मन्त्री बाँस्कोटा

डडेल्धुरा । संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ मा कुनै विवाद नभई संसदबाट अनुमोदन हुने दाबी गरेका छन् ।

बुधबार बिहान प्रेस संगठन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको पनि दाबी गरे । यसलाई राजनीतिक मुद्दा नबनाउन उनले आग्रह गरे ।

उनले सरकारले एमसीसीको फाईल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोक बिना नै पारित हुने पनि जनाएका छन् । एमसीसीको सबै सूचाकांक पार गरेर सन् २०११ को डिसेम्बरमा नेपाल छनौट भएको उनको भनाई थियो ।

मन्त्री बाँस्कोटाले एमसीसी र ‘इन्डो प्यासिफिक’बीच सम्बन्ध जोडेर भ्रम सिर्जना गर्न नहुने बताए ।