हाम्रो पात्रो विज्ञापन
खेल

बीपीएलः फाइनमा पनि चम्किँए आन्द्रे रसेल, दिलाए टिमलाई उपाधि

बीपीएलः फाइनमा पनि चम्किँए आन्द्रे रसेल, दिलाए टिमलाई उपाधि

काठमाडौंः बंगलादेश प्रिमियर लिग (बीपीएल) को उपाधि आन्द्रे रसेल नेतृत्वको राजशाही रोयल्सले जितेको छ । शुक्रबार राति  खुल्ना टाइगर्सलाई २१ रनले हराउँदै रोयल्सले उपाधि जितेको हो । रोयल्सले दिएको १ सय ७१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको खुल्नाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।

उसका लागि शमसुर रहमानले ५२, रिले रोसउले ३७, मुश्फिकुर रहीमले २१, रोबी फ्राइलिंकले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा रोयल्सका मोहम्मद इरफान, आन्द्रे रसेल, कमरुल इस्लामले ३–३ र मोहम्मद नवाज र अवु जायदले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन बनायो ।

उसका लागि इरफान सुकुरले ३५ बलमा ६ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए । मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्का हिर्काउँदै अविजित ४० रन बनाए । यस्तै कप्तान आन्द्रे रसेलले १५ बलमा ३ छक्का प्रहार गर्दै अनटआउट २७ रनको योगदान दिए । लिटन दास २५, अफिस हुसैन १० र सोयब मलिक ९ रनमा आउट भए । बलिङमा खुल्नाका मोहम्मद आमिरले २, रोबी फ्राइलिंक र शाहिदउल इश्लामले एकएक विकेट लिए ।

बंगलादेश प्रिमियर लिग आन्द्रे रसेल बीपीएल राजशाही रोयल्सविरुद्ध खुल्ना टाइगर्स
ADVERTISEMENT