हाम्रो पात्रो विज्ञापन
समाचार अर्थ

नेपालमा चीनकाे प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता घाेषणामा मात्र सिमित(प्रमाणसहित)

नेपालमा चीनकाे प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता घाेषणामा मात्र सिमित(प्रमाणसहित)

काठमाडाैँ – प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तरगत चीनले गरेको प्रतिबद्धताअनुसार नेपालमा कुनै पनि क्षेत्रमा लगानी भएको छैन। पछिल्लो समय चीनले प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धताअनुसार लगानी गर्ने भन्दै ठुलो ठुलो भाषण गरेपनि त्यसअनुसार नेपालकाे कुनै पनि क्षेत्रमा लगानी नभएको एक तथ्याङले देखाएको छ। 

चीनले वित्तीय वर्ष सन् २०१९/२० काे पहिलो चौमासिकमा १ सय ४ दशमलव ९९ बिलियन रकम प्रत्यक्ष वैदेशिक लगानी गर्ने भन्दै प्रतिबद्धता जनाएपनि सोअनुसार नेपालकाे कुनै पनि क्षेत्रमा लगानी भएको छैन।

चीनले वित्तीय वर्ष सन् २०१९/२० पहिलो चौमासिकमा प्रत्यक्ष वैदेशिक लगानी अन्तरगत उर्जामा ४१.५४ बिलियन, पर्यटनमा २०.९२, सेवा क्षेत्रमा १८.१८, उत्पादनमूलक क्षेत्रमा १२.४८, खनिज अन्वेषणमा ४.९९, कृषि तथा बागवानी क्षेत्रमा ४.३४, सूचना तथा प्रविधि क्षेत्रमा २, निर्माण क्षेत्रमा ०.५४ गरी  १ सय ४ दशमलव ९९ बिलियन रकम लगानी गर्ने प्रतिबद्धता गरेको थियो। तर त्यसअनुसार चीनद्वारा नेपालमा कुनै लगानी भएको छैन। नेपाल आजलाई प्राप्त एक तथ्याङअनुसार सो अवधिमा १०.३४ बिलियन रकम मात्र लगानी भएको छ। अर्थात १० प्रतिशत भन्दा पनि कम लगानी भएकाे छ।

तथ्याङअनुसार विश्लेषण गर्दा चीनकाे नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रतिबद्धता घोषणामा मात्र सीमिति भएको छ। एफडीआईका क्षेत्रमा पछिल्लो समयमा भइरहेको लगानी प्रतिबद्धताहरू पूरा हुन सकेकाे छैन।

निनियाँद्वारा प्रत्यक्ष लगानीको गतिलाई हेर्दा लगानीकर्ताहरू लगानी गर्न तम्सिएको देखिएको छैन । चीनद्वारा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता वित्तीय वर्ष सन् २०१९/२० पहिलो चौमासिकमा ह्वात्तै घटेको छ। 

त्यस्तै पछिल्लो ८ वर्षमा पनि चीनद्वारा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता पूरा भएको छैन। वित्तीय वर्ष सन् २०११/१२ मा ०.९८ बिलियन,  सन् २०१२/१३ मा २.७७, सन् २०१३/१४ मा ७.३३ बिलियन, सन् २०१४/१५ मा ४.३७, सन् २०१५/१६ मा ६.२९, सन् २०१६/१७ मा ६.३२, सन् २०१७/१८ मा ४६.५३ र सन् २०१८/१९ मा १३.१७ बिलियन रकम चीनद्वारा नेपालको विभिन्न क्षेत्रमा लगानी भएको  देखिन्छ।