विचार

राष्ट्रियताको त्यो कवच

राष्ट्रियताको त्यो कवच

नेपालको राजनीतिका धरोहर, नेपालको २००७ सालका क्रान्तिका नेता, राजनीतिक विचारमा समाजवादी आन्दोलनमा चर्चित व्यक्तित्व वी. पी. कोइराला २०३३ सालको पौष १६ गते, ८ वर्षको लामो भारतीय प्रवासकालबाट स्वदेश फर्कने क्रममा काठमाण्डौ स्थित त्रिभुवन विमानस्थलमा आजकै दिन आपना साथि गणेशमान सिह सहित नेपालमा आउने निर्णय गरे । यसमा समुह बनाएर त्यसलाई नेपाल पठाउने र सरकारको उनीहरुको उपरमा हुने व्यवहारलाई पनि अध्ययन गर्ने योजना वनाइयो । त्यस क्रममा पहिलो पल्ट आउनेहरुमा काग्रेसका अहिलेका नेता कुल वहादर गुरुङ्ग, धर्म गौतम इलाम र वाशु कोइराला सर्लाही गरी तीन जना पहिलोपल्ट पटनादेखि काठमाण्डौ हवाइ जहाजमा उत्रिय ।

उहाँहरुलाई तत्काल एयर पोर्टमा उत्रनासाथ पक्राउ गरियो र २५ दिनसम्म हनुमान ढोकामा प्रहरी हिरासतमा राखेर पछि राजकाज मुद्धा लगायर तीन वर्ष सम्मजेल हालियो । त्यसपछि वी पी कोइराला, गणेशमानसिंह, शैलजा आचार्य सहितको टोली आयो । उहाँहरुलाई पनि पक्राउ गरी गम्भिर प्रकृतिका मुद्धाहरु लगाइयो । काठमाण्डौमा विद्यार्थी नेताहरु हाल माननीय, ज्ञानेन्द्र वहादुर कार्कीको नेत्रित्वमा स्वागत समिति वनाइएको थियो, त्यसमा ने वि संघले अग्रसरता देखाएको थियो ।

त्यसवेलामा स्वागत गरेको काममा पनि केही पारितोषिक थिएन बरु पक्राउपर्ने, जेल र नेल पर्ने जोखिमी रहन्थ्यो तर पनि मानिसहरु धेरै उत्साहका साथ वी. पी. को स्वागत गर्नका लागि लागेर काम गर्दथे । कारण उनी राजनीतिक दुरदर्शीता वोकेका योग्य एसियाकै नेतामा गनिन्थे । देख्ने नेताहरुको कुरै छोडौ सर्व साधारण, भोग्ने र देख्नेलेपनि एकमुष्ठ आपना भाषामा भन्दछन कि ती वी पी त धेरै माथिको नेता थियो ।

प्रजातन्त्र, राष्ट्रियता, समाजवाद र राष्ट्रिय मेल मिलापको नीतिहरु जो नेपाली काग्रेसका नीति भनिन्छ, यो राष्ट्रिय मेल मिलापको नीति अपनाएर पछि सवैको सवै सग मेल मिलाप रहने नीति अख्तियार गर्ने चिन्तक वी. पी. कोइरालानै थिए, जसले राष्ट्रियताको सवै शुत्र र कडिहरुलाई बलियोसँंग वाँधेर सवै खालका चुनौतिहरुको पनि सामाना गर्न सकिने भयो ।

राष्ट्रियताको सवालमा राजा र मेरो गर्धन एकै ठाँउमा छ भन्ने विचार उनले व्यक्त गरे । यसको मर्म हो कि राजा भन्दा बढी राष्ट्रवादी अर्को कोही हुँदैन, कारण उसको सवै कुरा राज्य र राजगध्दि हो र उ सवैको साझा हो भन्ने वी. पी. को विश्लेषण थियो । त्यो पनि समाज र संस्कृतिको विकास हुदै जादा समाज, आवश्यकता, घटनाले राजतन्त्रको विकास गरी यसलाई समाजले प्रथा, परम्परा र अभ्यासले संस्कृति कोरुपमा स्वीकार गरेको हुन्छ भन्ने रुसोको सामाजिक संम्झौताको शुक्ष्म ज्ञान वी पी मा थियो । उनले यसलाई नेपालको परिवेशमापनि अनुभव गरेका थिए ।

यसै सन्दर्भमा उनले राजा वीरेन्द्रलाई भनेको थिए- नेपाल संकटमा छ । देश नै रहेन भने म त विराटनगरमा गएर हलो जोतौला, तर सरकार तपाई कहाँ जानु हुन्छ ? वी. पी. ले यही प्रश्न राजा वीरेन्द्रलाई गरेकाले यसवाट राजा प्रभावित रहेका थिए । यसैले उनलाई हृदय छोएको थियो । उनले उपचारका लागि अमेरिका पठाउने योजना गरी सहयोग गरेका थिए । वी पीको उपचारको खर्च तथा पास पासपोर्ट मिलाउने काम राजा वीरेन्द्रको निर्देशनमा सरकारले गरेको रहेछ । यो राजा वीरेन्द्रको मानवताको असल उदाहरण झल्कन्छ ।

वी पीको जीवनकालको पछिल्लो चरणको साहित्यहरु अध्ययन गर्दा २०३६ पछि उनी राजनीति भन्दा माथि रहेर अलगनै वसरे राष्ट्रको सामाजिक सेवा पो गरौ कि भन्ने पनि उनलाई लागेको देखिन्छ, जो मानवीय जीवनमा स्वभाविकै हो । धेरै गुणहरुका अतिरिक्त उनी चिन्तनशील, चतुर, निडर तथा सवैको जिम्मेवारी लिएर आपना समर्थक तथा कार्यकर्ताहरु प्रति जिम्मेवारी निर्वाह गर्ने कला नै वी पीको सार्थक तथा प्रभावकारी व्यक्ति हो । उनी सच्चा राष्ट्रबादी थिए । उनलाई सम्झनेहरुले उनी जस्तै गुण ज्ञान तथा स्वभावको विकास गर्न गराउन सिक्नु पर्ने देखिन्छ । उनले भनेका छन “तपाईहरुले आपनो कार्यालय कक्षमा राजाको फोटो त राख्नु भएको छ साथै हलो जोति रहेको किसानको पनि फोटो राख्नु होस । उसलाई हेरेर राष्ट्रको बिकासको योजनाहरु निर्माण गर्नु पर्दछ ।”

यो विकास प्रतिको उनको भावना नेपाल र नेपालीको यथार्थ धरातलीय दृष्टिकोण रहेको पाइन्छ । उनकै योजना समर्पण र प्रयत्नलाई विश्वास गरी साथ दिदै २००७ सालको जन क्रान्ति भएको थियो भने २०१७ साल पछि २०४६ सम्म आइपुग्दा हजारौले आपनो तन, मन धन जोवनको वलिदान गरेर उनको विचारलाई साथ तथा सहयोग गरेका थिए । दुख, आपत तथा विपद पर्दा यो माटोमा भविष्य छैन भनेर आजकलका नेताहरु त देश छोडने र विदेशमा गई उतै बस्नपनि सक्दछु भन्ने गर्दछन तर भारतको प्रवाशमा जव विपत्ति र दुःखका काला दिनहरु उनले व्यहोर्नु पर्यो उनले राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरे । नेता त्यस्तो होस जसले विपत्तिका राष्ट्रलाई विना हानी नोक्सानी मुक्ति दिएर जोगावस, माथि उकासोस ।  

विगत इतिहास नजानी नवुझि कोहीपनि राजनीतिमा नहोमियोस वरु असल बन्ने साधनामा लागि रहोस एकदिन उसले राष्ट्रलाई चाहिएको योगदान दिन सक्दछ । यो संस्कार उनले आपनो आमा दिव्याबाट पाएका रहेछन । उडन्ते कल्पनाको गगनमा सपना वुनेर वी पी ले जनतालाई आकर्षण गरेनन । वरु सबैको एउटा बस्ने सानो घर, दुघ खाने गाई, तरकारी उमार्ने सानो करेसावारी होस, छोरा छोरीकालागि पढने पाठशाला र औषधी मूलोकालागि स्वास्थ्य चौकी खोल्न सकियोस, जसले गर्दा सवै जनताहरुको अवस्था आउने १० वर्षमा आपनो सरह बनोस भन्ने उनको चाहना जनतालाई उनले बताए ।

जीवनको सार्थकता कुनै उद्धेश्यका लागि प्रतिवध्दतामा निर्भर गर्छ मानिस आपनो संकल्प र आस्थाले यथार्थमा मानिस हुन्छ । यो भनाइ वी पी कोइराला को हो । यस्ता हज्जारौ कालजयी भनाइहरु उनले अध्ययन, चिन्तन मननबाट मनभित्र विकास गर्दथे । स्वर्गीय प्रेमराज आगदम्वेले लेखकसंग भन्ने गर्नु हुन्थ्योकि “सुन्दरीजेल जेलमापनि जेलको परिसर वरिपरी लामो बख्खु कोट लगाएका वी पी वाहिर निस्कदा खेरी हामीलाई अभिावकत्व भएको नेता लाग्दथ्यो नै । त्यहाँको परिसर वरपर घुमेर अन्तमा उनी भन्ने गर्दथे कि अव यस्तो  हुँदैछ  ।

हामी चाहि हो, तपाई ज्योतिषी, भविष्य बााणी गरेको होला भन्ने गर्दथ्यौ ।” तर जे उहाँले भन्नु हुन्थ्यो त्यस्तै भएको हुन्थ्यो । केही तथ्य उनलाई राजा, राज दरवार तथा भारतीय मिशन अमेरिकीहरुले थाहा दिएको हुन्थे तर उनले ती सवैको निरन्तर विश्लेषण गरी त्यसले आम नेपालको राष्ट्रिय राजनीतिले बाटो कता लिइरहेको छ र त्यसमा को कस्को ? के भूमिका चलिरहेको छ ? भन्ने निरन्तर वी पी ले हेक्का राख्ने गर्दथे ।

पचहत्तर प्रतिसत नेपालीहरु वसेको स्थान १९७५ मा सिक्किम विलयहुने वित्तिकै यसको सम्वन्धमा सन्चार माध्यमहरुले राजा वीरेन्द्रलाई धेरै प्रश्न गरेका थिए । राजा वीरेन्द्रलाई गरिएको प्रश्नहरुको जवाफमा उनले भनेका थिएकि नेपाल विविध, जाती, धर्म र संस्कृति भएको देश हो तापनि यसको विशेषता भनेको विविधता वीचमा एकता हो । यो एक स्वतन्त्र देश भएकोले त्यति सजिलै नेपालमा भारतले त्यसो गर्न सजिलो छैन भन्ने अमेरिकी पत्रिका हेराल्ड, टिवून, भारतीय इण्डिया टुडेमा प्रकाशित रहेको छ । यो घटनाको लगत्तै वी. पी. लाई पनि पत्रकारहरुले प्रश्न गरेका छन । उनले यसको राजनीतिक र कुटनीतिक जवाफ दिएका छन ।

राष्ट्रियताको सुरक्षाको लागि राजनीति निरन्तर चलिरहने प्रणाली भएकाले यसको माध्यमबाट जनताहरुलाई अधिकार दिई ती अधिकारहरुको संरक्षण सम्वध्र्दन र प्रवध्र्दन गरी राज्यको संस्थागत सेवा प्रदायनको माध्यमवाट अधिकारहरुको जनतालाई उपभोग गर्न दिएर शक्तिशाली नागरिक वनाउन पर्दछ तव राष्ट्रियताको सुरक्षा हुनेछ भन्ने विचार वी पीले राखे । अनि सचेत, सम्पन्न र संगठित देशैभरीका स्वतन्त्र र स्वाभिमान नागरिकहरुले रुढीवादी परम्परागत मान्यतालाई छोडेर समय स्थान र परिस्थिति अनुसार अभ्यास गरेर समाजको रुपान्तरणमा लाग्दामा नेपालको राष्ट्रियताको रक्षा हुने र नेपालको सम्बृद्धिको सम्भावना छ भन्ने वी. पी. ले देखेका थिए ।

लोकतान्त्रिक राजनीतिक व्यवस्था गतिशील व्यवस्था हो । यसै बमोजिम नागरिकहरुले पाउने सवै किसिमका स्वतन्त्रता, समानता र विश्व वन्धुत्वका नैसर्गिक हकहरु पाएपछि उसले आपनो नागरिकको हैसियतले राष्ट्रिय भाव, राष्ट्रप्रति आस्था, विश्वास र प्रतिवद्धता व्यक्त गर्दछ । कारण उ भित्रको मान, सम्मान, मानवताको त्यो अन्तर्य त्यही धरतीको माटोले अधिकतम सुख, शान्ति र भय मुक्ति दिएको हुन्छ भन्ने प्रबोधन वी पी को थियो । त्यो उनको भोगाइवाट प्राप्त निष्कर्ष थियो ।

चेतनाका हिसावले सुनेको भन्दा देखेको पक्का, देखेको भन्दा भोगेको पक्का भन्ने गरिन्छ । यो सत्य वी पी ले वुझेका थिए । तर नेपालमा ठीक नेता, वेठीक नीतिको पहिचान गर्न गराउन नसकेकै कारणले राष्ट्रियता संकटमा रहेको छ भन्ने वी पी को विचार थियो । सधै राजा र जनताको वीच रहेको पर्दाले शक्तिको प्रयोग गरी राष्ट्र कमजोर वनाएको छ भन्ने तर्क वी. पी. को थियो । साथै ठीक नीति र वेठीक नेता भन्ने हाल पहिचान गर्न गराउन नसकेको कारणले पनि अहिलेको अवस्था आएको भनी हामीले वी पीको विचारबाट एण्टी थेशिश बनाउन सक्नु र सिक्नु पर्दछ ।

के सरकार तथा सरकारी सम्पदाको सरकारले जगेर्ना गर्नु पदैन त भन्ने सन्दर्भमा हामी यसलाई यसरी जोडेर हेर्न सक्दछौ कि चाहे वालुवाटार काण्डहोस वा वसपार्क काण्ड होस, महरा काण्ड होस वा गोकर्णको जमीन काण्डनै किन नहोस ? के सत्ताको भ्रष्टाचारी कार्यलाई सरकारले रोक्न मिल्दैन ? यसले राष्ट्र मिलाउदछ कि विलाउदछ ? जोडदछ कि तोडदछ भन्ने महान नैतिकताको प्रश्न राजनीतिसंग जोडिएर रहन्छ । 

यी घटनाहरुको शूक्ष्म र दूरगामी असरहरुको विश्लेषण गरी आजकै दिन उनले सकेसम्मपनि त्यसलाई रोक्ने, थाम्ने र कायम गर्ने प्रयास त गरे तर समयको प्रबाह यसको विरुद्धमा देखियो । उनले विश्लेषण गरी राष्ट्रिय मेल मिलापको नारा वनाएर सवै कार्यकर्ताहरुलाई नेपाल प्रवेश गर्न प्रेरित गरेको थिए । अहिलेपनि नेपाली कांग्रेसलाई यही विगतको नीतिलाई व्याजकोरुपमा खाइरहेको भनी आलोचना पनि गर्ने गरिएको छ ।

राष्ट्रको एक मुठी माटोसंग जनताको समग्र जीवनको मूल्य जोडरे हेर्ने वी पी नेपाली जनताहरुलाई भन्ने गर्दथे “ राष्ट्रियता केवल माटोमात्र होइन यो त जनताको विचार हो ।” यसले उनको दुइवटा अन्तरवस्तु  एउटा त्यो देशको माटो पनि हो र साथै त्यो माटोमा रहने जनताले गर्ने माया पे्रम र सदभावनामा खुशी र भयमुक्तिले जीवन विताउने जनताहरुको उत्कट चाहनानै राष्ट्रियता हो भनी वी. पी. कोइराला मान्दथे ।

“तपाइलाई सकट परेको वेलामा आफू अडिएको धरतीको ठाँउको एक मुठी माटो हातमा लिएर उठाउनु होस, छातिमा हात राखेर एक पल्ट सोच्नुहोस, अनि जे मन लाग्दछ सोही गर्नु होस” भन्ने उनको उदगारले वताउदछकि यो त गतिशील विचारको सोच हो जसले राष्ट्रको एक मुठी माटोसंग जनताको समग्र जीवनको मूल्यजोडेर हेर्ने गर्दछ । किनकि मुटू र माटो वीचको नाता, देश प्रेम, देश भक्ति राष्ट्रवादको भावना हो । व्यक्ति जीवीत रहेसम्म यही सचेतनाको भावनावाट संयमताकासाथ जागृत भएर नागरिकले आपनो जीवन चरित्र, नैतिकता, इज्जत, इमान, स्वाभीमान, आत्मसम्मान सहितले जीवन र जगतमा एकाकार भएर काम गरी कर्म, धर्म र संस्कृति बमोजिम चलेर राष्ट्र जोगाउँदछ । अतः उनले सवै जिम्मेवारी र जोखिमी व्यहोरेर प्रजातन्त्रको वहालीका सवै कालमा घटनाहरुको जिम्मेवारी लिए ।

विदेशीले चलखेल गरेर राष्ट्र गुम्न लागेका वेलामा, यो त आपनो विचारको निकट हो भनी आपनै आमाको काखमा धोकेवाजी गरी पराइलाई आपनो आमाको अस्मितामा खेलवाड गर्न लगाउने मिर्जाफरको जस्तो चरित्र वा राष्ट्र गुम्नलागेको वेलामा फिस्स हाँसेर विस्तारवादीहरुको तावेदारी गर्ने र खुशी पारे लाभ लिने चरित्र नेपाली जनताको चरित्र हुन सक्दैन भन्ने वी. पी. ले स्पष्ट जानेको वुझेका थिए । त्यसैले उनले भारतका तत्कालीन नेता नेहरुको भनाई र चाहना समेत नमानी उनलाई उल्टै विचारमा सर सल्लाह दिने काम गरेकाले नेहरु पनि उनीसंग नाराज थिएर नै राजाको पक्षमा लागेका थिए ।

स्वदेश फर्कने वेलामा भएको घटना स्मरण गर्दै गणेशमान जी भन्नु हुन्थ्यो कि भक्कूलाई चढाउने राँगो जस्तै बनाएर यसले हामीलाई मार्नपो लैजादैछ भनेको थिएँ । वी पी संग शैलजा आचार्यले चाही अव फेरी सैनिक प्रहरीको यातनामा पर्ने भैयो भनी आत्म हत्याकालागि पोटेशियम साइनाइट मागेकि रहिछन भन्ने उनकै साहित्य हेर्दा पाइन्छ ।

गणेशमान सिह, किशुन जी, सुवर्ण शमसेर, सूर्य प्रसाद उपाध्याय, दिवानसिह राई, योगेन्द्रमान शेरचन, महेन्द्र नारायण निधि, मंगला देवी, रामहरी शर्मा, यी सवै त्यस्ता नैतिकबान मार्गदर्शक भए जसको सत्सगत पाएका मानिसहरु आज वी पी को वौद्धिक क्षमता र प्रभावबाट ती सवै मानिसहरु माहुरीको रानोमा कर्मीमाहुरी पोका परेर वसे जस्तो वस्दथे भन्ने गर्दछन ।

आज राष्ट्रिय मेल मिलाप दिवशको सन्दर्भमा सवैले यसको महत्व, गरीमा र सन्दर्भलाई मननगरी सवैले सवैसंग मन मिलाएर, आग्रह पूर्वाग्रह विर्सेर, मिलेर काम गर्न गराउन अनुरोधका साथ शुभकामना व्यक्त गर्दछु ।

वी. पी. कोइराला गणेशमानसिंह