हाम्रो पात्रो विज्ञापन
कला साहित्य

बिहेको निम्तो

बिहेको निम्तो

मैले डराई डराई उनको अगाडि भने “आई लभ यु प्रतिक्षा।”उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।” मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मन पराउँछु ।” एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने हो। तर उनले फेरि भनिन् “बुद्धु । यति भन्न पनि यतिका समय लाको । माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल”

म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “था छ म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षा मा कति दिन बिताएँ, ऊ भने यतिका दिन तड्पाएर मात्रै वल्ल ।”मेरो हृदयले चाहेको भन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले म अत्यन्त विस्मित थिएँ । हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो । यसो दखें म त विस्तारामा पो रहेछु।

मेरो अँगालोमा त सिरानी थियो। भित्ते घडीमा बिहानको सात बजेको दखें । अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे“धत् म पनि, ओहो कति मीठो संवाद, फेरि सुत्नु पर्यो कति मीठो स्वीकारोक्ति उनको, आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन, तर अहँ, आधा घन्टासम्म कोसिस गरें, निदाइन । सँगै क्याम्पसमा पढ्ने साथी थिइन् प्रतिक्षा। दुई  वर्षे पढाइको अवधिको करिब एक वर्ष पुग्न लागेको थियो । अरुलाई जस्तो भए पनि, मलाई नितान्त मन पर्थिइन  । 

उनका चञ्चल आँखा, अनि उनको त्यो हाउभाउ फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् उनी। सुरुदेखि नै अति चाहन्थें म उनलाई, सधैँ उनकै बारेमा कल्पना गरिरहन्थें । यसैले गर्दा होला सायद मेरो ध्यान पढाइमा खासै जादैनथ्यो। मसँग बोल्दा साथी जस्तै गरी खुलेर बोल्दिन थिइन् उनि । तर मैले कहिले पनि माया गर्छु भन्न सकेको थिएन । भन्न खोज्दा नसकी नसकी यस्तै गरी समय बित्दै थिए ।  अर्को सेमेस्टर क्लास सुरु भयो । चार पाँच दिन उनी आइनन् । 

मलाई उनलाई क्लासमा देख्न नपाएकोमा मनमनै नरमाइलो महसुस हुदै थियो । यस्तै एकदिन बिहान क्याम्पस आउन केही दुरी बाँकी छदाँ मैले उनलाई अगाडि देखें । हामी दुवै क्याम्पस जादै थियौं । पछाडिबाट मैले भनें, “हेलो  प्रतिक्षा।” उनले पछाडि फर्किएर हेरिन् । म त्यसै खुसी भएँ । मैले भनिहालें, “किन त्यति छिटो हिडेको” यति भनिसक्दा म उनीसम्म आइपुगें । अनि दुवै सँगै हिड्न थाल्यौं । मतिर हेर्दै उनले भनिन्, “त्यसै । अनि के छ त तिम्रो खबर ?  पढाई अगाडि बढिसक्यो होला हैन” मैले भनें, “मेरो त ठिकै छ । तिमी त चार पाँच दिन आएनौ नि किन हो ? ”
एक छिन रोकिएर उनले केही भन्न नपाउदै मैले फेरि ठट्टा गरें, “कि डेटिगं सेटिगंतिर त हैन” उनले भनिन्, “धत् के भन्या त्यस्तो । मलाई के सोचेको तिमीले” मैले विचैमा भने “तिमीलाई अरुजस्तो त कहाँ सोच्थे र म त्यसैले तिमीलाई सजग गराउन भन्या के ।” “खै तिम्रो कुरा पनि । बरु तिम्री होली नि कोही । सुनाउन त मलाई नि ।” उनले हाँस्दै भनिन् । “छे, एउटी जसलाई मैले धेरै मन पराउँछु । त्यो हो तिमी ।” मनमनै भनें तर बोल्न सकिन ।
तर उनको सामु यसो भनें, “खै मैले चाहेर के हुन्छ र चाहनेले रुचाउनुपर्यो नि “पहिला उसलाई थाहा त देऊ कि तिमी उसलाई चाहन्छौ भनेर । मनको कुरा खोल्नुपर्छ टाइममा, नत्र अबेर हुन्छ । फिल्ममा हेरेको छैनौ उनले भनिन् ।”

म सिरियस भएर भनें, “अँ साच्चै । तिमी किन नआएको रे  “भयो नभनु । टाइम आएसि तिमीलाई था भैहाल्छ ।” उनी मसिनो लज्जा मिश्रित स्वरमय भनिन् । मैले उनको कुरा बुझिन । क्याम्पस आइहाल्यो । हाम्रो वार्तालाप टुंगियो । अब त भन्नुपर्छ, माया गर्छु भनेर ।” त्यो साझ मैले आफ्नो कोठामा कल्पना गरें, “कति मीठो बोली उनकोपहिला थाहा त दिनुपर्छ, मैले माया गर्छु भनेर, उनैले भनेकी हो, अब त साच्चै भनेरै छाड्छु । मनको कुराखोल्नुपर्छ रे टाइममा, उनैले भनेकी । अब त खोल्छु, त्यो पनि उनैलाई ।

 भनिदिन्छु जे होला होला । कहिले सम्म गुम्सिएर मनमनै पीडा बोकि राख्ने सायद उनले पनि मन पराउँछिन्कि  मलाई मैले जस्तै भन्न नसकेकी हुन् कि जे होस् प्रतिक्षा तिमीलाई हृदयदेखि नै चाहान्छु । तिमी मेरी प्रेमिका बनिदेऊ, मैले संसारै जित्ने थिएँ ।, आई लभ यु  प्रतिक्षा। यही भनेर चिठी लेख्छु अनि भोलि उनलाई आफैले दिन्छु । जे होस् जे होस् ।”

यस्तै मैले मनमनै सोच्दै गर्दा मेरो मोबाईलमा रिङ्टोन वज्यो । यसो हेरें आफ्नै कक्षामा पढ्ने सरिताको फोन थियो जो प्रतिक्षाकी साह्रै मिल्थी । फोन उठाएर मैले मोबाइल कानमा राख्दै भनें, “हेलो।” सरिताले भनी, “हेलो विनोद, अहिले व्यालेन्स कम छ, खास कुरा मात्रै भन्छु है ।”

“हुन्छ भनन के कुरा हो” ? मैले सोधें ।

भनी, “खुसीको कुरा छ । प्रतिक्षा छे नि हाम्रो क्लासकी । त्यस्को हिजो इंगेजमेन्ट भएछ । दश गते बिहा छ । चोरले मलाई पनि आज मात्रै भनेकी हो । सबै साथीलाई खबर गर्दे है भनेकी थिई । आऊ है । तिम्लाई प्रतिक्षाको बिहेमा निम्तो।

-सबिन लामिछाने 

#अधुरो प्रेम कहानी
ADVERTISEMENT