मनोरञ्जन

तेलुगू फिल्म 'अर्जुन रेड्डी' को नेपाली रिमेक भर्सन बन्ने

तेलुगू फिल्म 'अर्जुन रेड्डी' को नेपाली रिमेक भर्सन बन्ने

काठमाडौँ। सुपरहिट तेलुगू चलचित्र 'अर्जुन रेड्डी'को नेपाली रिमेक भर्सन बन्ने भएको छ । चलचित्रको निर्माण अनुमति  युवा फिल्म्सले लिएको छ ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । यो भन्दा अघि पनि चलचित्र अर्जुन रेड्डीको हिन्दी रिमेक कबिर सिंह निर्माण भईसकेको छ। जुन २०१९ को ब्लकबस्टर चलचित्र हो।  

चलचित्रमा अभिनेता शहिद कपूर प्रमुख भूमीकामा देखिएका थिए।  तर ओरिजिनल चलचित्रमा भने विजय देवगरकोन्डा प्रमुख भूमिकामा देखिएका थिए। ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएका कारण ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बनाउन लागेको युवा निर्माता केशव खड्का बताउँछन् ।

बिदेशी चलचित्रको राइट्स लिएर निर्माण गर्न लागिएको यो एकमात्र नेपाली चलचित्र हो। ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा निर्देशकदेखि कलाकार कोही फाइनल भएका छैनन् र केही दिनमा यसको टुंगो लाग्ने निर्माण पक्षले जनाएको छ।  

तर, यसले नेपाली फिल्मलाई विश्वमाझ पुर्याउने उनको विश्वास छ । ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा निर्देशकदेखि कलाकार कोही फाइनल भएका छैनन् । केही दिनमा यसको टुंगो लाग्ने निर्माण टिमले बताएको छ ।
 

अर्जुन रेड्डी नेपाली भर्सन